भनिन्छ– हारपछि जित निश्चित हुन्छ । बुद्धिमानहरु हारको समीक्षा गर्दै अझ बढी मिहेनत र लगनसहित सफलताको बाटोमा लम्किन्छन् । अर्थात्, असफलताबाटै सफलता खोज्छन् । त्यस्तै जाँगरिला र लगनशील कृषि उद्यमी हुन्, मधयविन्दु नगरपालिका–८, चोरमारा नवलपुरका कृषक नरेन्द्र केसी । कृषक केसीले व्यवसायिक रुपमा कागती खेती गरिरहेका छन् । मध्यविन्दु–८, नवलपुरका स्थानीय नरेन्द्र बहादुर केसी कृषि क्षेत्रमा यसरी रमाएका छन्, कि मानौं उनी कृषि कर्म कै लागि जन्मिएका हुन् । गत असारमा उनले ६० बोटबाट करीब आठ लाखको आम्दानी गरेका छन् । 

करिब तिन रोपनी क्षेत्रफलमा कृषि व्यवसायी नरेन्द्र बहादुर केसीले एक सय १५ बोट कागती लगाएका छन् । सुन कागती–१ र सुन कागती–२ गरी करिब एक सय १५ बोट लगाएका छन् । जसमध्य ८५ बोटबाट कागती उत्पादन हून्छन् । ८५ मध्य पनि ६० बोटका कागतीको उत्पादन अझ राम्रो छ । ठूला ठूला र राम्रा कागती फल्ने गर्छन् ।

दुई रोपनीमा रहेको एक सय १५ कागती मध्य सुन कागती–१, ९० बोट र सुन कागती–२ २५ बोट रहेको जानकारी उनले दिए । गत असारको सिजनमा उनले करिब ५२ क्विन्टल कागती उत्पादन गरे । सोही उत्पादनबाट उनले साँढे आठलाखको आम्दानी गरेका हुन् । “दुई रोपनीमा करिब ३० क्विन्टल कागती फल्नु पर्ने तथ्यांक नार्कले देखाउँछ । तर, मेरोमा भने ५२ क्विन्टल फल्यो, त्यो पनि स–साना कागतीलाई हटाउँदा,” कृषि व्यवसायी केसीको अनुहारको कान्ति कायममै थियो । 

कागती खेतीले फेरिएको जिवन
कागती खेतीमा आवद्ध भने उनको पाँच बर्ष पुग्न लाग्यो । भने कागती खेती अघि उनी केरा खेती तथा तरकारी खेती पनि अनुभव बटुलिसकेका छन् । कृषि मै आवद्ध भएको भने २० बर्ष भएको केसी बताउँछन् । “मैले २०६० सालबाट उनले कृषि व्यवसायमा हात हाले । त्यस बेला म ३५ बर्षको थिए,” पुराना सम्झनालाई ब्युताउँदै उनले भने, “३५ बर्षको उमेरसम्ममा म नेपाली सेनाको सेवाबाट सेवा नियुत्ति अवकाश पनि पाईसकेको थिए ।” परिवारको आर्थिक स्थिति खासै बलियो नभएको कारण अन्य ठूला व्यवसायमा हात हालिहाल्न उनलाई आँट आएन । घर अघि कै दुई रोपनीमा कहिले केराखेती त कहिले तरकारी खेती, त कहिले कागतीखेतीबाट उनले मनग्य कमाई गरिरहेको छन् । खेतीका क्रममा आउने व्यावहारिक पक्षलार्य पनि उनले निकै हेक्का राखेका छन् । अग्र्यानिक उत्पादनमै केन्द्रित रहेका उनी कागतीमा देखिने समस्याको समाधान जैविक नियन्त्रणबाटै गर्ने गर्छन् ।