राजेन्द्र देवकोटा, कृषि विज्ञ

काठमाडौं – कागती उत्पत्ति उत्तरी मलेरियाको गर्मी स्थानमा भएको मानिन्छ । यसै ठाउँबाट क्रमशः चीन, भारत, मध्यपूर्व हुँदै युरोप, अफ्रिका र उमेरिकामा कागती पुगेको हो भन्ने विश्वास गरिन्छ । नेपालमा कागती कहिले प्रवेश ग¥यो  र कहिले देखी खेती सुरु भयो भन्ने ऐतिहासिक तथ्य प्राप्त हुन सकेको छैन । तर नेपालको मध्यवर्ती पहाडी भागमा स्थानीय जातको रुपमा विभिन्न प्रकारका प्रजाति पाईन्छन् खेज्न जरुरी छ । सुरुका दिनमा कागती र निवुवाको उत्पत्तिको इतिहास हालसम्म पाउन सकिएको छैन । मलेसिया उद्गम क्षेत्र मानिन्छ तर फैलावटमा भारतलाई लिने गरिन्छ तर भारतमा अहिलेसम्म पनि जंगली अवस्थामा कागती पाइदैन । 

कागतीका प्रकार

मुख्य रुपमा कागती दुई प्रकारका हुन्छन्, अमिलो र गुलियो कागती । गुलियो कागतीलाई चाक्सी भनेर भनिन्छ हाल नेपालमा चाक्सी कागती समेत बिरलै पाउन थालेको छ । अर्को कागती हो । अमिलो जातको कागती यस प्रकारको कागतीमा आकारको हिसाबले सानो र ठूलो कागती भनेर दुई प्रकारको कागती हुन्छ । यसको अंग्रेजी नाम Sweet Lime र बैज्ञानिक नाम Cutrus Limmetoides हो । नेपालमा चाक्सीका बोट फाट्टफुट्ट रुपमा कतै कतै पाईन्छन् । अमिलो कागती अर्थात् Acid Lime दुई प्रकारका हुन्छन् ।

साना फल हुने कागती

नेपालमा खेती हुने कागती यसै खालका साना प्रकारका कागती हुन् । यसैको बैज्ञानिक नाम Citrus Aurantifolia हो । नेपालमा यस प्रकारका कागतीलाई पहाडौ कागती वा सुन कागती भनिन्छ । मद्रासी कागती तथा बनारसी कागती पनि यसै प्रकारका कागती हुन ।

ठूला फल हुने कागती

यस प्रकारका कागतीको उत्पत्ति साना फल हुने कागती र निबुवा प्रजातीका बालीको बिचमा क्रस भएर बर्णसंकर भई उत्पत्ति भएको मानिन्छ । यसको बैज्ञानिक नाम Citrus Latifolia हो । यस प्रकारका कागतीको खेती युरोप र अमेरिकामा हुने गरेको छ । गर्मी हावापानीमा हुने युरेका कागती वा चस्मे कागती वानस्पतिक वर्गिकरणको दृष्टिकोणले निवुवा वा लेमन प्रजातीमा परेपनि यीनका फलको साईज, आकार र प्रायोजन पनि कागतीको जस्तै भएकाले बोलीचालीमा यिनीहरुलाई पनि कागती नै भन्ने गरेको पाईन्छ । 

नेपालमा कागती खेती व्यवसायिक रुपमा विस्तार नहुनुका कारणहरु
– कृषकहरुमा व्यवसायिक सोच नहुनु । 
– करेसावारी खेतीमा सिमित, कम उर्वर, रुखोजमिनमा खेती गरिनु ।
– बेमौसमी जातको अभाव ।
– कृषक बर्गमा प्राविधिक ज्ञानको कमीको साथै प्राविधिक ज्ञानलाई महत्व नदिनु ।
– गुणस्तरिय विरुवा उत्पादनको कमी ।
– व्यवसायिक खेती विस्तार सम्बन्धि नीति नहुनु । 
– बाली बिमा व्यवस्थितरुपमा लागु नहुनु ।
– रोग, कीराहरुको समस्या ।