सिन्धुपाल्चोक - जिल्लाको सुनकोसी गाउँपालिका - २ तित्रेय र काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका - २ सिम्थलीमा सिन्धुपाल्चोककै सबैभन्दा लामो र अग्लो झोलुङ्गे पुल बनेको छ । 

 सिन्धुपाल्चोककै सबैभन्दा लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न

सुनकोसी गाउँपालिका - २ का स्थानीय समाजसेवी किशोर कुमार भण्डारीको पहलमा केन्द्र सरकारको १ करोड ५० लाख सहयोगमा उक्त पुलको निर्माण सम्पन्न भएको हो । ललितपुरको पुलचोक हरिहरण भवनस्थित सस्पेनसन बेलि ब्रीज शाखा कार्यालयबाट आह्वान भएको टेन्डर एस ए निर्माण सेवाले पाएको थियो । झोलुंगे पुलको कुल लागत भने ३ करोड रहेको छ । 

एस ए निर्माण सेवाले २०७९ चैत १२ गते बाट सुरु गरेको पुल साउनो पहिलो साताबाट सकिने संस्थापक सुमन अधिकारीले जानकारी दिनु भयो । यो पुलको लम्बाई ३१० मिटर छ भने उचाई करीब २०० सय मिटर छ ।

यो पुलको निर्माणसँगै अब सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका र काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाबिच आवाज जावत गर्न सजिलो भएको छ । घण्टौंको पैदल यात्रा गर्न बाध्य स्थानीय अब १० मिनेटमै सिम्थली तित्रेय पुग्न सक्ने भएका छन् ।

सुकुटे बजारबाट १० किलोमिटरको दुरीमा रहेको यो झोलुंगे पुलबाट वरिपरिका दृश्यहरु अवलोकन गर्दै आनन्द लिन सकिन्छ ।

निर्माण कार्य सुरु भएको चार महिनामै पुल निर्माण कार्य पुरा गरेका निर्माण सेवा संस्थापकका सुमन अधिकारी ज्युलाई सिन्धुपाल्चोकका स्थानीयको तर्फबाट धेरै धेरै धन्यवाद ।

अवलोकन लिदै रमाउनुको मज्जा छुट्टै छ ।

घण्टौं हिँडेर सिम्थली जानू पदैन यो पुल बाट १० मिनेमा सिम्थली तित्रेय गर्न  सकिन्छ । सुकुटे बजारबाट १० किलो मिटरमा पुग्न सकिन्छ यो झोलुंगे पुलमा । यो बाट वरिपरि दृश्य हरु अवलोकन लिदै रमाउनुको मज्जा छुट्टै छ ।