अनादिनी धनोदेव शंख चक्र गदाधर अक्षयम् पुण्डरीकाक्ष प्रेत मोक्षप्रदोभव (मृतकको सपिण्डी नहुन्जेलसम्म प्रत्येक दिन जल दिँदा भन्ने मन्त्र)

 के छ ‘जुठो सुतक’ संस्कारमा ?

आशौच निर्णय

१) सूतक निर्णय:

क) ६ महिनासम्मको गर्भस्राव भए (तुहे) आमालाई जति महिनाको गर्भ तुहेको हो त्यति दिन नछुने । बाबु र सपिण्डिलाई ४ महिनासम्मको भए न्वाहे शुद्ध हुन्छ र ५,६ महिनाको भए ३ दिन लाग्छ ।
ख) ७ महिनादेखि पूरा १० दिन बार्नुपर्छ र सुत्केरीलाई १० दिन छुनु हुँदैन।
ग) नाल नकाटी मरे सपिण्डिलाई ३ दिन र सुत्केरीलाई १० दिन, नाल काटेपछि मरेको भए पूरै १० दिन ।
घ) माइतमा सुत्केरी भए बाबु र दाजुभाइलाई १ दिन । म्यान नाघेपछि सुनेको सूतक बार्नु पर्दैन ।

२) जुठो निर्णय : आजैको दिन र रात . १ दिन ।

दिनभर वा रातभर – सज्योति ।

२ दिन १ रात वा १ नि २ रात . पक्षिणी ।

क) छोरा व्रतवन्ध नगरी मरे बाबु आमा र सौतेनी आमालाई ३ रात ।
ख) ६ महिनासम्मको सपिण्डीले नुहाए पुग्छ ६ महिनादेखि ३ वर्षसम्म १ दिन ।
ग) छोरीको ६ महिनासम्म सपिण्डिलाई १ दिन, बाबु आमालाई ३ दिन ।
घ) विवाह गरेकी छोरी माइतमा मरे दाजुभाइलाई ३ दिन पतिको घरमा मरे पक्षिणी, काकालाई १ दिन, दिदि बहिनीलाई दाजुभाइ सरह ।
ङ) छोराले बाबुआमाको नियमले दशरात्रि बार्नुपर्छ । (कर्म नचलेकाले पनि) ।
च) विवाह गरेकी छोरीको – १० दिन भित्र सुने ३ दिन र १० दिनपछि सुने एक दिन ।
छ) धर्मपुत्रल ३ दिन, क्रिया गर्नु परे १० दिन ।
ज) सौतेनी आमाको १० दिन एकवर्षपछि सुनेको भए ३ दिन ।
झ) छोरीले हजुरबुबा र काकाको बार्नु पर्दैन नुहाए मात्र पुग्छ ।
ञ) मामा माइजुको पक्षिणी, सौतेणी तरफका १ दिन । विवाहित भान्जीको स्नान मात्र ।
ट) भतिजाको पक्षिणी मात्र ।
ठ) सासू ससुराको ३ दिन । विवाहित छोरीले बाबु आमाको पनि ३ दिन ज्वाईले सासु ससुराको ३ दिन । (छोराछोरी नजन्मी श्रीमती मरिसकेको भए पक्षिणी । 
विवाहित छोरीले बाबुआमाको पनि ३ दिन), ज्वाईको एक रात । ससुरालीमा नै मरेको भए ३ रात । सानीआमा, ठूलीआमा, फूपूको पक्षणी । सो घरमा मरे ३ दिन । सौतीनीफूपु, भदाको स्नान मात्र । सालासालीको १ दिन(कर्म नचलेकाको भए स्नानमात्र) फूपूका, सानिआमा ठुलीआमाका छोराको पक्षिणी, काका, सानिआमा, ठुलिआमा मामाका छोराहरु, छोरीको छोरी, भतिजी र यस्तै अलि–अलि सम्बन्ध पर्नेको स्नानमात्र । धर्मपुत्रले दुवै तर्फका बाबुआमाको ३ दिन धर्म पुत्रतिरका छोरा नातिको जुठो सूतक सपिण्डीभित्र १ दिन (कुलकै भए पुरा) । सात पुस्ताभित्र व्रतवन्ध भएका (सपिण्डीभित्र) १० रात्रि, गुरुको ३ दिन, मित्रको १ दिन । घरमा आई नाता नपर्ने मरे १ दिन ।