नेपाल र वर्तमान भारतबीचको सम्पूर्ण सीमा निर्धारण गर्ने मूल आधार भनेकै अंग्रेजसँगको बाध्यकारी सुगौली सन्धि हो । सुगौली सन्धिको धारा ५ अनुसार नेपालका महाराजाले महाकाली नदी पश्चिमको भूभाग त्याग गर्दछन् भन्ने छ। त्यसै धारा अनुसार नेपालले महाकाली नदी पश्चिमका भुमि छोडेको हो । सुगौली सन्धिद्वारा निर्धारित सीमारेखा फेरबदल हुने गरी केहि सन्धि भएता पनि लिम्पियाधुरा छाड्ने सन्धि भएको छैन।

 सुगौली सन्धिलाई मान्ने हो भने लिम्पियाधुरा हाम्रो हो, नमान्ने हो भने टिष्टादेखी काँगडासम्मै हाम्रो

सन् १८६० मा नेपालले भुमि थप्ने गरि सन्धि भएको छ। त्यसपछि भएका केहि सन्धि अनुसार शारदा–टनकपुर बाँध निर्माणमा केहि भुमि सट्टा–पट्टा भएको देखिन्छ त्यो बाहेक नेपाल, ब्रिटिश–इण्डिया र अंग्रेजले जन्माएको देश भारतबीच भुमि लेनदेन गर्ने अरु कुनै सन्धि सम्झौता भएका छैनन् । त्यसो हो भने कालापानी लगायत लिम्पियाधुरासम्मको ३८५ वर्ग कि.मि. नेपालीभुमिमा भारतले किन कब्जा गरेको छ ? भारतसँग भएको महत्वपूर्ण सन्धि भनेकै ३१ जुलाई १९५० को सन्धि हो जसले नेपालको सिमाना टिष्टा काँगडा हुन्छ जुन लागु भएको छैन। त्यसैले बिशाल नेपालसँग अंग्रेजले गरेका वा अंग्रेजद्वारा निर्मित भारतसँग वर्तमान नेपालले गरेको ऐतिहासिक सिमा सन्धिको आधारमा महाकाली पूर्वको सम्पूर्ण भूभाग नेपालको हो । त्यसमा कुनै शंका छैन।

सन् फेब्रुअरी ४, १८१७ मा ईष्ट–इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले नेपालमा आफ्ना आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई एउटा पत्र लेखका छन् । सो पत्र अनुसार “काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना चौतरिया बम शाहको दाबी अनुसार नेपालको ठहरिन्छ, त्यसैले उक्त भूभाग नेपाल सरकारका अधिकारीलाई बुझाउनु” र तिरोतिरण नेपालले उठाउने छन् भनी निर्देशन दिएका छन् । अंग्रेज अधिकारीको उक्त पत्रले सुगौली सन्धिअनुसार महकालीको मुहान लिम्पियाधुरा र काली पूर्वका कुटी, नावी, गुञ्जी, तिङ्कर र छाँगरु गाउँलाई नेपालको भूमि भनेर स्वीकारेको छ। त्यस्तै ईष्ट–इण्डिया कम्पनीका सचिव जे. आदमले कुमाउँका तत्कालिन कमिसार जी. डब्ल्यू. ट्रेललाई सन् १८१७ मार्च २२ मा पत्र लेख्दै कालीपूर्वको ब्यास प्रगन्नासहितको भूभाग सुगोली सन्धिअनुसार नेपालको भएकाले ती गाउँहरू नेपाललाई तुरुन्त सुम्पनु भनेका छन् ।

सो पत्रमा ब्यास प्रगन्नाका भोटिया जमीनदारहरूले ब्रिटिश शासन अन्तर्गत रहन पाउँ भनी निवेदन दिए पनि सुगौली सन्धिअनुसार, त्यहाँका गाउँ र जमीन नेपालको भएकाले ब्रिटिश सरकार उक्त स्थानका जमीनदार र बासिन्दालाई आफूमा समाहित गर्न इच्छुक हुँदा पनि सुगौली सन्धिले निर्धारण गरेको सिमाना बमोजिम ब्रिटिस सरकारले आफु अन्तर्गत राख्न नसक्ने भन्ने उल्लेख छ । कम्पनी सरकारको यस्ता पत्रहरूले काली पूर्वका कुटी, नावी, गुञ्जी, छाँगरु, तिङ्कर गाउँहरू नेपालको सिमाभित्र रहेको ले त्यहाँ कुनै विवाद छैन।

अहिले भारतले कब्जा गरेको र विवाद सृजना भएको दार्चुला अन्तर्गतका नेपाली भूभागहरु तत्कालिन समयमा बैतडी जिल्ला अन्तर्गत पर्दथ्यो। त्यसै अनुसार मालपोत कार्यालय, बैतडीमा काली पूर्वका कुटी, नावी, गुञ्जी, छाँगरु, तिङ्कर गाउँका बासिन्दाले वि.सं. १९६२ असार १८ तथा १९९३ चैत २० सम्म तिरो–तिरान गरेका दुर्लभ अभिलेखहरू हुनुपर्दछ । त्यस्तै विसं. १९९७ मंसिर २७ गते खड्ग निशाना भएको तिरोसम्बन्धित मोठ बैतडी मालमा अझै सुरक्षित छ । सुगौली सन्धिले महाकालीलाई सीमा नदी निर्धारण गरेपछि कालीपूर्वको ब्यास क्षेत्रका यी गाउँहरूबाट वि.सं. १९९७ सम्म पनि नेपालमा तिरो–तिरान हुँदै आएको र नेपाली प्रशासन अन्तर्गत रहेको पुष्टी हुँदै गर्दा भारतबाट विवाद किन त ?

भारतद्वारा कब्जा गरिएको दार्चुला जिल्लाका यी भूभागमा नेपाल सरकारले विसं. २०११ मा जनगणना गरेको थियो । त्यसताका बैतडी जिल्ला अन्तर्गतको लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा ब्यासलगायत ६ गाउँहरू थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या ४३४ र कुल जनसंख्या १,८१६ देखाएको छ । २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँहरूको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालको नेतृत्वमा भएको थियो । उक्त कुरा रिसाल पटक-पटक भन्दै आइरहेका छन्।

हुन् त भारतले आफ्ना छिमेकीहरुको भूभाग सँधै मिच्ने गर्दछ। उसले यो काम भुटानमा गरेको छ, बंगलादेशमा मिचेको छ, श्रीलंकाको जल क्षेत्र मिचेकै छ । पाकिस्तान नियन्त्रित कश्मिरमा मिचेको छ। त्यस्तै पहिले भारतले चीनको विभिन्न भूभाग मिच्ने क्रममा सिमानाकै कारण सन् १९६२ मा भारत चीन युद्ध भयो। त्यस समय चिनले लखेट्दा भारतीय फौज कालापानीमा आएर बसेको देखिन्छ। त्यो सँगै तत्कालिन भारतका साशक नेहरुले नेपालका राजा महेन्द्रलाई केहि समय अप्ठ्यारो परेकोले बस्न दिन भनेको कुरा उल्लेख छ। अप्ठ्यारोमा बास दिनेको घर कब्जा गरे जस्तै भारतले नेपाली भूभाग कब्जा गरेको छ । यो भन्दा ठुलो बेईमानी के हुन् सक्छ ?

यस्ता विस्तारवादी सोचकै कारण भारत एकदिन समाप्त हुनेछ र त्यो समय टाढा छैन। कुनै समय संसारमा ब्रिटिसको साम्राज्य चल्थ्यो। त्यो आज इतिहास भएको छ। कुनै समय रसिया त्यस्तै गर्दथ्यो, त्यो पनि १५ टुक्रामा विभाजित भयो। अहिले अमेरिकाले यस्तो झुठको सहारामा अमानविय कार्य गर्दैछ, त्यसको पनि भविष्य करिब करिब अन्त्य हुँदैछ भने यस्तै विस्तारवादी सोचका कारण सग्लो भारत निकट भविष्यमा कम्तिमा ९ टुक्रा हुनेछ। त्यँहाको भोकमारी र गरिबीलाइ कति दिन झुठले छोपेर राख्ने? एक दिन त्यो पर्दा खुल्छ, त्यसपछि घटीमा ९ टुक्रा हुने निश्चित छ। श्री पशुपति नाथसँग प्राथना गरौँ कि त्यो दिन छिटै आओस्।