काठमाडौं – बर्ष भरिनै न्यानो र ओसिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मिटर देखि १८०० मिटर उचाईसम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ । सुख्खा मौसममा कागतीको बोटलाई पानीको आवश्यकता पुरा गर्न सिँचाई पानीको आवश्यकता पर्दछ । जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५ देखी ६.५ सम्म भएको दोमट माटो सबैभन्दा उपयुक्त हुन्छ । व्यवसायीक बगैंचा स्थापना गर्दा ३/३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ । तर विकसित र हाइब्रिड जातको कागती भने यो भन्दा कम दुरीमा समेत रोप्न सकिन्छ । कागतीको बिरुवा बिजु रोप्दा प्रति एकाई क्षेत्रमा कम अट्ने र बनस्पतिक बिधिबाट बनाइएको विरुवा रोप्ने हो भने धेरै अट्न सक्छन । नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरबाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौंट गर्नु पर्छ । विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै १ देखि ३ घनफिटको खाल्डो खन्नु पर्दछ । तराईमा अलि गहिरो त पहाडमा अलि कम गहिरो खाल्डो खनेपनि हुन्छ ।

खाडल खन्दा बिरुवा रोप्नु १ महिना अगाबै खन्नु पर्छ । खनीसकेपछि घामको प्रकाशले माटोको उपचार करिब १५–२० दिन गर्ने र त्यसपछि खाडकमा कुहिएको वा गुणस्तरीय प्रागरिक मल राखी करिब १ हप्ता दुई हप्ता जति माटो सहित खाडक पुर्ने र पुन अर्को हप्ता कागतीलाई खाडलको केन्द्र हुने गरि बिरुवा रोप्नु पर्दछ । रोपी सकेपछि बिरुवालाई दुवै हातले राम्रोसँग थिच्नु पर्दछ । कलमी बिरुवा फागुनदेखि असारसम्म त बिजु विरुवा असार–साउनमा रोप्नु राम्रोसँग थिच्नु पर्दछ । कलमी बिरुवा फागुनदेखि असारसम्म त बिजु विरुवा असार–साउनमा रोपनु राम्रो हुन्छ । माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठसम्म १०–१५ दिनको फरकमा हल्का सिँचाई प्रविधिको प्रयोग गर्न सकिन्छ । १ देखि ३ बर्षको विरुवालाई प्रति विरुवा गोबरमल २० के.जी., युरिया, डिएपी र पोटास क्रमशः १००, ५०, १०० ग्रामका दरले हाल्दा राम्रो हुन्छ बहने बेला बेलामा सुष्म खाद्यतत्व समेत हालनु पर्दछ । विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिँचाई गर्नुपर्छ । 

कागती रोपी सकेपछि बिरुवा हल्लाउने चै गर्नु हुँदैन किनभने बिरुवा मर्न समेत सक्दछ । अर्को कुरा काटछाट समयमै गरिएन भने आशातित नतिजा लिन समेत गाह्रो हुन्छ । विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ किनभने कागती तथा सुन्तलाको फलमा हुने तेल ग्रन्थि फुट्ने सम्भावना हुन्छ । 

कागती खेतीमा किसानले भोग्नु परेको समस्या ः

फल झर्ने कारणहरु
–    कोपिला अवस्था (धेरै बाक्लो लागेको फलको कोपिला, परागसेचन नभएका फलका चिचिलाहरु यस अवधिमा सबभन्दा बढी झर्छन् । यो प्राकृतिक विधि हो । 
–    सुख्खा बढि हुनाले माटोमा चिस्यान कम हुँदा बोटले सबै फल धान्न सक्दैन तसर्थ फलको भेट्नोमा एब्सिसिन तह बनेर छानिएका फलहरु झर्छन् । 
–    समयमा बर्षा भएन वा लामो समयको अन्तरालमा कहिले पानी पर्ने कहिले खडेरी पर्ने अवस्था आएमा फल झर्छ यसको साथै बोटले आफुले धान्न सक्ने भन्दा बढी फल भएमा पनि माउ बाटले फ झार्छ । 
–    असार अन्तिम देखि श्रावणभर हरियो पतेरो कीराले फलमा बसि रस चुसेर खाँदा फल पहेँलो भई फल झर्छ ।
–    परिपक्क तथा पाकेको अवस्थामा यो समय माटोमा सुख्खा हुने र फल पाक्ने समय भएको अवस्थामा लगातार ५÷७ दिन पानी परेर माटो पुरा भिज्यो वा ७÷८ दिन लगातार पानी लछप्प भिज्ने गरी सिँचाई ग¥यो भने पाकेका फल पनि झर्न थाल्छ । 

फल फुट्ने समस्या
कागतीका फलवहरुको विकास भैरहेको अवस्थामा लामो समय सम्म सुख्खा हुने र एक्कासी पानी पर्ने अथवा सिँचाई गर्ने काम गरेमा फल फुट्ने समस्या देखिन्छ । सुख्खा मौसममा फलको बोक्रा कडा हुने र कम तन्किने हुँदा लामो खडेरी पछि पानी पर्दा वा सिँचाई दिदा फलमा तन्तुहरुको तन्किने शक्ति भन्दा बढी पानीको प्रवेश जराबाट फलमा हुने हुँदा फल फुट्ने समस्या हुन्छ । माटोमा पोटासियमको, कपरको कमी भयो भने पनि यो समस्या देखिन सक्छ ।

कागतीमा जरा कुहिने रोग
जरा कुहिने रोग नेपालको सबभन्दा बढि देखिने रोग हो । यो रोग फाईटोप्थोरा नामक ढुसीबाट हुन्छ । न्यानो मौसममा यो रोगले आक्रमण गर्ने भएकोले जरा कुहिने रोग गर्मी मौसममा देखा पर्छ । खासगरी यो रोग बिजु बिरुवा तथा नाईटे ज्यामिरमा कलमी गरेको बिरुवामा बढी देखिन्छ । 
बर्षा मौसममा परेको पानी बोटको जरामा लामो समय जम्यो भने जरा कुहाउने ढुसिले आक्रमण गर्छ र जरा कुहिने रोग लाग्दछ । यसका साथै बगैचामा अन्र्तबाली लगाउने र रोगको जीवाणु पनि माटोमा छ भने तुरुन्त आक्रमण गर्दछ । 
यो रोग लागेपछि बोटका हाँगाका पातहरु पहेँलिन्छ । जुन साईडको जरा कुहिएको छ त्यतैतिरको हाँगा मात्र पहेँलिन्छ । यदि बोटको वरिपरीको जरा कुहिएको छ भने पुरै बोट पहेँलिन्छ । यो रोगले बढी सताएमा बिस्तारै पात झर्दै जान्छ र हाँगामा टुप्पोबाट मर्दै जान शुरु भई पुरै बोट सुकी मर्दछ । 

व्यवस्थापन विधिः 

कलमी बिरुवा लगाउनेः

तिनपाते सुन्तलामा कलमी गरेको बिरुवामा जरा कुहिने रोग लाग्दैन । तसर्थ तिनपातेमा कलमी गरिएका बिरुवा लगाउनु पर्दछ । 

डे«न्चिङ गर्ने ः
जरा कुहिएको बोटमा जुन साईडतिर पात पहेँलिएको छ त्यहि साईडतिरको जरा खनेर हेरी कुहिएका मसिना ठुला सबै जरा सिकेचरले काटेर हटाउने । कुहिएको जरा हटाईसकेपछि सबे जरा लछप्प भिज्ने गरि १ प्रतिशतको बोर्डो मिश्रण स्प्रे गर्ने (यो विधिलाई ड्रेन्चिङ भनिन्छ) । यसरी उपचार गरेपछि २÷३ हप्ता भित्रै निको भई पहेँलिएका पात र हाँगाहरु हरियो  हुनथाल्छ । 

रोग तथा किराको समस्या
कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठूलो पुतली, पातको झिँगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन । कागतीमा लाग्ने रोगहरु क्याइकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन । 

रोग नियन्त्रणका उपाय
रोग नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हाँगाबिंगाहरुको काँटछाँट गरी हटाउने, कपरआक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई काँटछाँट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने गर्ने पर्दछ । 

बजारको यथार्थ
नेपालमाम कति कागती उत्पादन हुन्छ र सो उत्पादनले कति योगदान दिएको छ सो को खासै अध्ययन र अनुसन्धान भएको पाइदैन । व्यापारीहरुको भनाइृ अनुसार नेपालमा करिब ९० प्रतिशत जति कागती भारतबाट भित्रने गर्दछ । तर उत्पादन भएता पनि आम उपभोक्ताको चाहाना भारतको नागपुरबाट आउने कागती मै मन जादा नेपाली कागतीको खासै बजारीकरण भएको पाईदैन । 
अर्के कुरा नेपाली कागतीमा भरिपुर्ण रस नहुने अनि आकार पनि ठूलो हुने हुदा खासै नेपाली उपभोक्ताले ठूलो कागतीमा मन गरेको पाईदैन । भारतको नागपुरमा उत्पादन हुने मद्रासी जातको कागतीले नेपाली बजार राम्रो नै लिएको छ । माग बढे पछि आयातका लागि भारतको मात्र भर पर्नु पर्ने बाध्यताले कागतीको मूल्य पनि महँगिदै गएको छ । नेपालमा गर्मीको मौसममा कागतीको माग धेरै हुन्छ ।