काठमाडौं – सिन्धुपाल्चोक मेलम्ची नगर पालिका १ भोटेचौरमा बदेल, बाँदर र दुम्सीको आतंकले यतीबेला किसानहरुलाई टाउको दुखाईको विषय बनेको छ ।

किसानहरुले लगाएको अन्न बाली रातको समयमा बँदेल, बाँदर र दुम्सीले खाई दिंदा किसानहरु धेरै मार्कमा परेको एक स्थानीयले बताए । भनेको बेलामा मकैको बीउ पाउदैन पाई हाले पनि ४००० प्रती बोरा मल किनेर मकैमा लगानी गर्‍यो , जब मकै घरमा भित्राउनेमा बेलामा राति–राति जंगली जनावर आएर खाइ दिन्छन् । 

दःखसंग लगाएको अन्नबाली जंगली जनावरहरुसंग जोगाउनकालागि रातभरि भेटेचौरका कृषकहरु जागरम बस्नु पर्ने बाध्याता रहेको छ । जंगली जनावरलाई तर्साउनका लागि पहिला कुषकहरु भरुवा बन्दुक प्रयोग गर्दथे तर त्यही भएको भरुवा बन्दुक माओवादी द्धवन्दकालमा माओवादीले लुटे।

स्थानीय सरकारसंग यसबारे हार गुहार गर्दा कानमा तेल हालेर बसेको छ । उनीहरुलाई महंगो गाडीमा हुईकन र रिसोर्टमा गएर मोज मस्ती गर्न नै ठिक्क छ । यदि स्थानीय सकरकाले बेलैमा किसानहरुको मुद्धालाई सम्बोधन गर्न सकेन भने भेटेचौरका कृषकहरु पलायन न होलान भन्न सकिन्न ।