काठमाडौं – मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो । यो (Rutaceae) रुटेसी परिवरमा पर्छ । यसलाई अंग्रेजीमा (Kumquat) भनिन्छ ।  लियरिंग गरेको बिरुवाले लगभक १–२ बर्षमा फल दिन्छ । यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ।

कृषि बिकास कार्यलयका अनुसार खेति गरेमा प्रति बोटमा ८०० –१००० फल उतपादन हुन्छ, तर बोटको उमेर ५–८ वर्ष भएको हुनुपर्छ । मुन्तला काठमाडौं उपत्यका तथा यसका आसपासका ८००–१५०० मीटर सम्मको उचाई भएका ठाउँहरुमा यसको खेती गर्न सकिन्छ । यसलाई गमला तथा गाडर्नेमा पनि खेती गर्न मिल्छ । यसका लागि ४० से.मी. गोलाकार र ४५ से.मी. अग्लो गमालामा यसको खेती गर्नाले फाईदाजनक हुन्छ । मुन्तला फलेको अवस्थामा बगैचा पनि आकर्षक देखिन्छ । 

यसको विरुवा आफैले तयार पार्नलाई व्यावसायिक बिरुवा तयार पार्नको लागि मात्र गर्दा राम्रो हुन्छ । १०–१५ बोट मात्र लगाउनको लागि भने नर्सरी उत्पादकबाट ल्याएर खेती गर्नु उपयुक्त हुन्छ । गोलाकार तथा मध्यम खाले विरुवा लगाउनु उपयुक्त मानिन्छ । यदि अन्य खाले विरुवा भएमा अमिलो हुने हुनाले राम्रो मानिदैन । 

लगाउने समय

मुन्तला माघ देखि असार सम्म रोप्न सकिन्छ । विशेषगरि माघ–फागुनमा रोपेको विरुवा राम्रो सँग हुर्कने हुनाले यही समयमै रोप्नु उपयुक्त मानिन्छ । 

आवश्यक सामाग्री

–    गमला १० वटा ४० सेमी गोलाई र ४५ सेमी उचाई भएको
–    विरुवा १० वटा
–    मल ४० के.जी. कम्पोष्ट
–    माटो १० सिमेन्ट बोरा
–    बालुवा ३ सिमेन्ट बोरा
–    पानी १० लिटर
–    गमला नभएको खण्डमा काठ वा बाँसबाट बनेका भाडो वा त्यो पनि नभएमा प्लाष्टिकको बोरा वा थैली 

खेतीगर्ने तरिका

४० केजी मल, १० बोरा माटो र ३ बोरा बालुवालाई एकै ठाउमा राखेर मोल्ने अनि त्यसपछि त्यसमा भएका ढुङ्गा, काठका टुक्रा वा अन्य अवरोधक वस्तुहरु हटाउने । त्यसरी मिश्रण गरिएको माटोलाई गमलामा भर्ने । तर गमलामा पानीको निकास राम्रो भएको हुनुपर्दछ । पानी जम्ने भएमा मुन्तला वर्षादको समयमा विरुवा मर्ने बढि संभावाना रहन्छ । यसरी माटो भरिएको गमलामा विरुवालाई जरा पुरिने गरेर रोप्ने । यसरी रोपी सकेपछि पानी दिने र पानी सुक्न नदिनका लागि पराल वा अन्य सुकेको घाँसले समेत वरपर विरुवाको जरा र फेद छोपिदिने र हल्का पानी दिने । यसो गर्नाले पानी सुक्न पाउँदैन र विरुवा सजिलोसंगले हुर्कन पाउँछ ।

रोग तथा किरा

किरा लागेमा हातैले टिपेर मार्ने र रोग लागेमा सुकेका हाँगाहरुलाई भाँचेर जलाउने । धेरै नै रोग लागेमा र नियन्त्रण हुनै नसक्ने अवस्था भएमा पुरै विरुवालाई नष्ट गरिदीने । तर औषधी र विषादी छर्ने काम भने नगर्ने । 

रासायिनक मल

यस्ता उत्पादन पुर्णतय आर्गनिक हुने भएकाले रासायनिक मल प्रयोग गर्न मिल्दैन । यसरी घरायासी प्रयोजनका लागि उत्पादन गरिने फलफुल तथा तरकारीमा रासायनिक मल तथा विषादी केही पनि प्रयोग नगर्ने ।