काठमाडौं – नेपालमा धान खेतीले महत्वपूर्ण स्थान ओगटेको छ । नेपालको मुख्य खाना चामलनै हो । तराई, पहाड, बेंसी एवं नदीनालाको किनारमा बस्ने सबै बासिन्दाहरू यसै बालीमा निर्भर रहन्छन् । धान प्रणालीले नेपालको कृषि क्षेत्रमा प्रधानता पाएको छ, जसले आर्थिक क्षेत्रमा नै प्रभाव पारेको । यी यावत कारणले गर्दा देशमा नै यो प्रमुख उद्योग भएको छ जुन देशको कुल गार्हस्थको करीब एक चौथाई योगदान हुन आउँछ र यसले कुल खेती योग्य जमिनको १.४३० मिलियन हे. अथवा ५४ प्रतिशत ओगटेको छ । नेपालका प्रमुख खाद्यान्न बालीहरु मध्ये क्षेत्रफल अनुसार धान पहिलो स्थानमा र मकै दोस्रो स्थानमा पर्दछ । उत्पादनको हिसाबले पनि धानले पहिलो, मकैले दोस्रो र गहँुले तेस्रो स्थान ओगटेका छन् । नेपालको सरदर उत्पादकत्व धानको २.९०७, मकैको २.२०५ तथा गहुँ १.९३४ टन प्रति हेक्टर रहेको छ । उन्नत प्रविधि र उनन्त बीउको प्रयोगबाट खाद्यान्न बालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिन्छ ।

हावापानी र माटो

नेपालमा धान खेती तराईको फाँट देखि हिमाली जिल्ला जुम्लासम्म गरिन्छ । धान खेतीको लागि तापक्रमले मुख्य भूमिका खेलेको हुन्छ । धान लगाएको समयमा वायुमण्डलीय तापक्रम २१–३७ डि. से. सम्म उपयुक्त हुन्छ । गाँज हाल्ने समयमा तापक्रम २०–२५ डि. से. उपयुक्त हुन्छ, भने फूल पसाउने समयमा तापक्रम २६.५–२९.५ डि से. हुनुका साथै दिन लामो भएमा उत्पादन बढी हुन्छ ।

जातहरु

–    उच्च पहाडी क्षेत्रमा : माछापुच्छे, छोमरुङ, जुम्ली मार्सी
–    पहाडी क्षेत्रमा : खुमल –४, खुमल –६, खुमल–७, खुमल –८, खुमल–१०, खुमल –११ 
–    तराई क्षेत्रमा : राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब –१, स्वर्णसब –१ 

बीऊदर  

उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

बीऊ उपचार 

बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने । बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ । 

जमिनको तयारी 

रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने । जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।

रोपाईं गर्ने प्रविधि 

पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने । उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ । यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।

मलखाद

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ । उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ । मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं । यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ । धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ । धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ ।

प्लास्ट रोग

यो रोगको लक्षण स्वरूप पातहरूमा दुबै छेउतिर चुच्चिएका अडाकारका थोर्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोपलाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । व्यवस्थापन रोग अवरोधक जातको खेती गर्न । स्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई स्याडमा राम्ररी छर्न । बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने । स्याक्टेरियल लिफ प्लाइट लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङ्गका धर्साहरू देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ । व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने । रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने । एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीऊलाई ३० मिनेटसम्म डुबाएर बीऊ उपचार गर्ने । खैरो थोप्ले रोग लक्षण पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चा खैरा थाप्लाहरू देखिन्छन् । व्यवस्थापन खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपात नष्ट गर्न । उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्न । मेन्कोजेव डाइथेन एम–४५ बिषादी तीन ग्राम प्रतिलिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा तीन पटक छर्कने ।

फेद कुहिने रोग र लक्षण 

खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछ । बोटमा तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् । व्यवस्थापन रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न । स्वास्थ्य बीऊको प्रयोग गर्न । डेरोसाल ५० प्रतिशत डब्लु पी बिषादी दुई ग्राम प्रति किलोग्राम बीऊका दरले उपचार गरी प्याड राख्ने । पातको फेद डढुवा रोग लक्षण सुरुमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् । थोप्लाहरू बढ्दै गएर काला गिर्खाहरू देखा पछन् । बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ । 

सिँचाइ तथा निकास 

बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ । 

झारपात नियन्त्रण

झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने, वा छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने । रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने । 

बाली काट्ने चुट्ने 

८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भिœयाउने । 

उत्पादन 

उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा । वर्णशंकर जातको उत्पादन ४०० केजी प्रति रोपनी वा २६६ केजी प्रति कठ्ठा ।  

मेशिनले धान रोप्ने प्रविधिको बारेमा जनाकारी र यसको फाईदा

नेपालमा धान प्रमुख खाद्यान्न बाली हो । तराईदेखि उच्च पहाडसम्म मुख्यतः वर्षे सिजनमा र केही मात्रामा चैते सिजनमा धानको खेती गरिन्छ । देशको कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत भन्दा बढी र कृषि क्षेत्रमा १५ प्रतिशत भन्दा बढी धानको योगदान रहेको छ ।  नेपालको धान खेतीमा महिला बाहुल्यता श्रमिकले झुकेर धान रोप्ने, गोड्ने प्रचलन रहेको छ । यो परम्परागत उत्पादन प्रणालीको द्योतक हो । धान बालीको उत्पादन तरिका परम्परागत हुँदा नेपाली युवाहरुले अवलम्वन गर्न हिच्किच्याउने प्रवृतिको विकास भईसकेको छ । 

जसले गर्दा धानको उत्पादन प्रणालीको निरन्तरतामा चुनौती नै खडा गरिदिएको छ । यसको परम्परागत तरिकामा अधिक उत्पादन लागत हुँदा धान खेतीप्रति कृषकको आकर्षण देखिँदैन र निजी क्षेत्रको प्रवेशमा कुनै गुञ्जायस नै छैन । कृषिमा आधुनिकीकरण गर्ने देशहरुले धानको उत्पादन लागत घटाउँदै लगिरहेका छन् जुन मेशिन तथा उन्नत जातहरुको प्रयोगले सम्भव भएको हो । 

जसले गर्दा बजारमा सस्तो खाद्यान्न भित्रिने र नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो परेको छ । तर नेपालमा मानव श्रम प्रधान खेती प्रणालीका कारण उत्पादन लागत बढी रहेको छ । तर सोहि अनुपातमा उपजको मुल्य बढ्न सकेको छैन । धानको बजार उच्च दरमा बढ्न पनि गार्हो छ । यदि कृषकले खेतीलाई निरन्तरता दिने हो र मुनाफामा बृद्धि ल्याउने हो भने उत्पादन प्रणालीका हरेक पक्षमा मेशिनको व्यवसायिक प्रयोग गर्नु अति आवश्यक छ । 

सरकारी तथा निजी प्रयासबाट मेशिनले धान रोप्ने कार्य गत एक दशक अगाडिदेखि नै शुरुवात भएको देखिन्छ । तर, नर्सरी प्रविधिको ज्ञानको प्रसार नहुनु, कम गुणस्तरका मेशिनहरुको आयात हुनु, मेशिनहरुको सञ्चालनमा प्राविधिक क्षमता र दक्षताको विकास नगरिनु आदि कारणहरुबाट ती प्रयासहरु सार्थक हुन सकेका थिएनन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यान्त्रीकरणको प्रयास स्वरुप चितवनमा आधुनिक तरिकाले धानको नर्सरी राख्ने र मेशिनले रोप्ने कार्यको सुरुवात भएको छ । चितवनमा हाल चारपाङ्ग्रे धान रोप्ने मेशिनको प्रयोगलाई प्रोत्साहन गरिएको छ र यसको व्यवसायिक उपयोग सुरु भएको छ । यस कार्यलाई थप प्रोत्साहन गर्न, हालसम्मका प्रयासवाट अवलम्बन भएका प्रयासहरुलाई सरोकारवालाहरु माझ जानाकारी दिन र अनुसन्धानको क्षेत्रलाई थप उर्जा प्रदान गर्न समेत उपयोगी होस् भन्ने उद्देश्यले यो लेख तयार गरिएको हो ।

मेशिनले धान रोप्ने प्रविधि (ःभअजबलष्अब िच्ष्अभ त्चबलकउबिलतष्लन त्भअजलययिनथ) विशेष प्रकारले तयार गरिएको कलिलो बेर्नालाई आधुनिक मेशिनको सहायताले रोपाई गर्ने प्रविधि हो । परम्परागत तरिकामा ३०–४० दिनसम्मको नर्सरीवाट उखेलिएको, जरा पखालिएको र जरामा असर पुगेको बेर्ना रोप्ने गरिएकोमा यस प्रविधिमा १५–२० दिनको (माघमा राखिएको नर्सरीमा २५ दिनसम्म) कलिलो बेर्ना रोपिन्छ । 

आधुनिक प्रविधिको रुपमा भित्रिएको धान रोप्ने मेशिन खर्चिलो र कष्टपुर्ण मानव श्रमलाई यन्त्रद्वारा बिस्थापन गर्ने माध्यम हो । यस प्रविधिमा प्लाष्टिक ट्रे वा म्याट नर्सरीमा उत्पादन भएको धानको बेर्नालाई मेशिनको प्रयोगबाट रोप्ने गरिन्छ । धान रोप्ने मेशिनको प्रयोग गर्नाले खेतमा धानको विरुवा बिच निश्चित दुरी कायम हुन्छ जुन पछि गरिने झार गोड्ने, मलखादको प्रयोग तथा धान काट्ने समयमा पनि अन्य मेशिनहरु प्रयोग गर्न सजिलो हुने गर्दछ । स्वस्थ बिरुवा विकासको लागि आवश्यक मात्रामा हावाको प्रवाह हुनु जरुरी हुन्छ जुन कुरालाई मेशिनबाट धान रोप्दा सहयोग गर्दछ । 

मेशिनले धान रोप्दा हुने फाइदाहरु 

१. लाइनमा मिलाएर रोप्ने हुनाले हावा, घाम र पानीको उचित व्यवस्थापन हुने तथा कलिलो विरुवा (१५–२० दिनको) रोपिने हुनाले विरुवाको वृद्धि भई उत्पादकत्व बढ्छ । 
२. लाइनमा रोपेर झार निकाल्न मेशिन तथा औजारहरुको प्रयोग गर्न सकिन्छ । 
३. औसतमा २२ जना श्रमिकले एक हेक्टर धान रोप्ने गरेकोमा ६ लाईनमा रोप्ने चार पाङ्ग्रे मेशिनबाट प्रति घण्टा १५ कठ्ठाका दरले दिनमा ४–५ हे. सम्म धान रोप्न सकिने हुन्छ । अर्थात, एउटा मेशिन र ३ जना श्रमिकले दिनमा करिव ८०–१०० जनासम्म श्रमिकको कार्य गर्न सक्छ । ४. 
बेर्नाको जरामा कुनै क्षति नहुने, नर्सरीको माटोसँगै जमिनमा रोपिने हुनाले रोपिसकेपछि छिटो बढ्छ । 
५. धानको उत्पादन लागत घटाउँछ । 
६. मेशिनको प्रयोग युवा मैत्री हुन्छ, व्यवसायिकता वृद्धि हुन्छ र खेती प्रणालीमा आधुनिकता थपिन्छ । 

मेशिनले धान रोप्न ध्यान दिनुपर्ने मुख्य विषयहरु 

१. विशेष प्रकारको नर्सरी राख्नुपर्छ । 
२. मेशिनको उपलव्धता सुनिश्चित गर्नुपर्दछ । 
३. मेशिनसँग मिल्ने प्रकारको नर्सरी ट्रे, नर्सरी राख्ने दिन र रोपाईको क्यालेण्डर बनाउनु पर्दछ । 
४. सिंचाई र गह्रामा बढी भएको पानीको निकासको प्रवन्ध गरिनुपर्दछ । छिपछिपे पानी भएको हिलोमा रोप्न सहज हुन्छ । 
५. नर्सरी ट्रेको विकल्पमा प्लाष्टिक म्याट नर्सरी बनाउँदा २ से.मी. भन्दा बाक्लो मोटाई बनाउनु हुँदैन । 
६. रोपाई लगत्तै झार उम्रिनु पुर्व प्रयोग गर्ने विषादीको उचित प्रयोग गर्नुपर्छ । 
विशेष प्रकारको नर्सरी मेशिनमा प्रयोग हुने यो नर्सरी प्लाष्टिक विच्छाएर स–साना प्वाल बनाई फ्रेमको ट मेसिनले धान रोप्नका लागि जानकारीमुलक पुस्तिका सहायताले माटोको चटाई तयार गरी वा मेशिनसँग मिल्ने साईजको ट्रेमा बेर्ना राखी (गुन्द्रि, चटाई, म्याट) तयार गर्नुपर्दछ ।