काठमाडौं – गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा विशिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ ।

काठमाडौंको मित्रपार्कस्थित एक होटेलमा गत चैत्र ३० गते बिहिबार भव्य रुपमा मनाईएको कार्यक्रममा समाजसेवी एवं गीतकार जानकी बज्राचार्यको सभापतित्व रहेको थियो भने कवी एवं गीतकार अमर वान्तु प्रमुख अतिथी थिए । कार्यक्रममा गीतकार बज्राचार्यको “तिम्रो माया यो मुटुमा” बोलको गीतलाई सार्वजनिक समेत गरिएको थियो ।

वरिष्ठ समाजसेवी शोभित उप्रेती, पुर्व प्रशासक देबेन्द्र सिटौला, तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी, चलचित्र निर्देशक माधव राज खरेल, संचारकर्मी कमला जोशी, गायक विजेन्द्र नौवागे, हाँस्य कलाकार गणेश इसारा, समाजसेवी लक्ष्मी बस्नेत, विन्दु पन्त, अनिता चौलागाई, मीना बस्नेत लगायतका विभिन्न बरिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रममा विशिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरिनुका साथै बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय संचारकर्मी एवं फोटोपत्रकार जानेन्द्र कार्की, संगीतकार पुरुषोत्तम न्यौपाने, समाजसेवी लिला खनाल लगायतका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

प्रविण थपलिया संयोजकको रुपमा रहेको कार्यक्रमलाई संचारकर्मी सुरक्षा भट्टराईले संचालन गरेकी थिइन । कार्यक्रममा विजेन्द्र नौवागे, रन्जना थपलिया लगायतका कलाकारहरुले विभिन्न प्रस्तुती समेत दिएका थिए ।