काठमाडौं - तुलसी घिमिरेद्वारा निर्देशित ‘दर्पण छाँया २’का नायक नायिकाले इनगेजमेन्ट गरेका छन् । 

सोहि चलचित्रबाट सिल्भर स्क्रीनमा प्रवेश गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै पारिवारिक समारोहका बिच अमेरिकामा इनगेजमेन्ट गरेका हुन् । अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने सहाराकी आमा गीतकार साबु गडाल कार्कीले जानकारी दिनु भयो। तर, विवाहको मिति भने सार्वजनिक गरिएको छैन । 

चलचित्रक ‘दर्पण छाँया २’ की निर्मात्री तथा नायिका साहारा कार्कीकी आमा लामो समय देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका आफ्नो श्रीमान रबि कार्कीको नाम समेत जोडेर साबु-रबीको नामबाट चिनीने गीतकार साबु गदाल कार्कीले नेपालका चर्चित सङ्गितकारहरुको सङ्गितमा चर्चित गायकहरुसँग आफुले रचेको शब्दमा थुप्रै गीत रेकर्ड गराइसकेकी छिन् ।

‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता फिरोजले ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए ।