काठमाडौं - चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तसिर शुक्लाले जनतासँग माफी मागेका छन् । 

आफ्नो फिल्मका कारण जनताको भावनामा चोट पुगेको भन्दै शुक्लाले सामाजिक सञ्जालमार्फत बिना शर्त माफी मागेका हुन् । यसैक्रममा, उनले पहिलो पटक फिल्मका विवादित संवादमा आफ्नो गल्ती स्वीकार गरेका छन् ।

चलचित्र आदिपुरुष जुन १६ मा रिलिज भएको थियो । विवाद र जनताको विरोधका कारण फिल्म दुई सातामै हलबाट निकालिन थालिएको छ । 

हिन्दी, तामिल, तेलुगु, मल्यालम र केरल गरी पाँच भाषामा रिलिज गरिएको ६०० करोडको बजेटमा बनेको आदिपुरुषले अहिलेसम्म विश्वभर ४५० करोड कमाई गरेको जनाईएको छ । हाल यो चलचित्रले दैनिक पचास लाखको हाराहारीमा कमाई गरिरहेको छ ।