काठमाडौं - कथाकार पार्वती शाहीको पुस्तक “पहिलो रात” विमोचन गरिएको छ ।

प्रकाशक सिखा बुक्सले शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा कथाकृति “पहिलो रात” बिमोचन गरिएको हो ।

बिमोचन गरिएको कथासंग्रह “पहिलो रात”मा हाम्रै सामाजिक परिवेश वरिपरि घुमेका एक दर्जन कथा समेटिएका छन् ।

विमोचन कार्यक्रममा सहभागी बरिष्ठ साहित्यकारहरुले यस कथामा कथाकार शाहीले समाजमा विद्यमान कुरीति, कुसंस्कार, कुप्रथा, विभेदजस्ता विकृतिलाई रोचक एवं मार्मिक ढंगले प्रस्तुत गर्नुभएको टिप्पणी गरेका थिए ।