काठमाडौं – मोहनी बोलको डेउडा गीत बजारमा भर्खरै सार्वजनिक भएको छ । 

ठट्यौली गीतको रुपमा रहेको मोहनी डेउडा गीत अमृत नाथले आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा गायक तथा कलाकार अमृत नाथको स्वर रहेको छ भने, जे. आर. भट्टको र्‍याप रहेको छ । यस गीतमा अमृत नाथ र जे. आर. भट्टको शब्द रहेको छ भने, लय गौरव जोशीको रहेको छ । 

अभिनयमा ख्याती प्राप्त कालाकारहरु किरन पन्त, भावना भट्ट, रबि सानु, किसु पन्त र रोशन टमटा रहेका छन् । सतिस सिन्हाले सम्पादन गरेको उक्त गीतमा पदमराज जोशीले कलर भरेका छन् । रमेश विजुली विसीले निर्देशन गरेको उक्त गित दिपक संगम विसीले एरेन्ज गरेका छन् । 

सो गीतको छायाङ्कन सुदूरपश्मिको कैलाली र कञ्चनपुरमा गरिएको छ ।