काठमाडौं - गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। 

रक गायक तामाङको मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको हो। उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

रोबिन एन लुजा समुहबाट नेपाली सांगितिक क्षेत्रमा आफ्नो रंग जमाएका तामाङले रोबिन एन दि न्यु रेभोल्युशनसँग पनि थुप्रै गितहरु गाएका छन् । 

जति माया लाए पनि, चिसो चिसो हावामा, भुलमा भुल्यो जस्ता धेरै चर्चित गित गाएका रोविनले छड्के, मुखौटा, चिसो एस्ट्रेलगायत थुप्रै फिल्महरुमा अभिनय पनि गरेका छन्। 

नेपाली रक सङ्गीतको एक अग्रणी हस्ती तामाङले गाएका केटाकेटी, भुलमा भुल्यो, नेपाल, एकता अझै पनि सङ्गीत प्रेमीहरूले उत्तिकै रुचाएको पाइन्छ।

चिसोचिसो हावामा, जति माया लाए पनि र दम मारो दम जस्ता गीतका उनको भर्जन पनि उत्तिकै चर्चित छन्।