- समशेर क्षेत्री

काठमाडौं – गर्मि बढे लगत्तै सुकुटे बिच रिसोर्टमा रमाइलो गर्नेहरुको घुइचो लाग्न थालेको छ।  सिन्धुपालान्चोक ०९ चौतारा सागाचोकगढ़ी मा अवास्ठित सुकुटे बिच रिसोर्टमा रमाइलो गर्न काठमान्डौ, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरु बाट आउने गरेको हाम्रा सम्बादाता सम्सेर क्षेत्रीले बताएका छन् ।

सुकुटे बजार बाट झन्डै २ किलोमिटर माथि र काठमाण्डौ बाट ६९ किलोमिटर टाढा रहेको सुन  कोशी नदि को बगरमा अवस्थित सुकुटे रिसोर्टले बिभिन्न खालका सेवा सुविधाहरु दिदै आइरहेको छ ।  सुनकोशी नदीमा र्याप्टिङ्ग गर्दै सुकुटे रिसोर्टमा घुम्दै त्यहाको परिकार  खानुको एक बेग्लै आनन्द आउने बताउनु हुन्छ रमाइलो गर्न आउने पर्यटकहरु ।

अहिलेका मान्छे प्रकृति संग लिन हुन् रुचाउछ हामीले पर्यटकहरुको मनोभावना अनुसारको सेवाहरु दिदै आएकोले यहा आउनेको आकर्षण बढेको बताउनु हुन्छ सुकुटे विच रिसोर्टका संचालक महेन्द्र थापा ।सुनकोशी नदीमा र्याप्टिङ्ग गर्दै रिसोर्ट तिर   रमाइलो गर्न  दैनिक लगभग  ६०० भन्दा बढि स्वदेशी पर्यटकहरु आउने गरेको पाइन्छ।  सुकुटे बजारमा मात्रै १ दर्जन रिसोर्टहरु छन् गर्मि बढे लगत्तै  वरपरका रिसोर्टहरु  पनि भरी भराउ हुन् थालेका छन ।