काठमाडौं – चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । 

कूल खसेको ४६८ मत मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने रेजिना उप्रेतीले उप्रेतीले २०९ मत प्राप्त गरेकी् थिईन । २६ मत बदर भएको थियो । यसरी निरौलाले उनका निकटतम प्रतिद्धन्दि रेजिना उप्रेतीलाई २६ मतले पछि पारेका हुन् । 

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए र महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।

सदस्यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी विजयी बने । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।