बच्चाहरूले बोल्ने पहिलो शब्द के होला ? अवश्य यो सरल प्रश्नको उत्तर सबैले जानेकै हुनुपर्दछ । त्यो शब्द आमा अथवा फरक मातृभाषा अनुरूप आमा जनाउने अन्य शब्द जस्तैः मामा, मामु, माँ, मम्मी इत्यादि हुन सक्दछन् । सुन्दा साधारण लागे पनि कुनै पनि बच्चाले पहिलो शब्द उच्चारण गर्दासम्म उसले विभिन्न चरणहरूको एक जटिल प्रक्रिया पार गरेको हुन्छ । भर्खर जन्मिएका बच्चाको मस्तिष्क नकोरिएको कागजको पन्ना जस्तै सादा वा खाली हुन्छ अर्थात् मस्तिष्कले कुनै पनि चेतना ग्रहण गरेको हुँदैन ।

बच्चाको आँखा खुल्ला भए तापनि आँखा र मस्तिष्कलाई जोड्ने मस्तिष्क कोषिका विकसित भइसकेका हुँदैनन् जसले गर्दा मस्तिष्कले कुनै कुरा पनि दर्ता गरेको हुँदैन । जन्मिएको एक वा दुई महिनापछि ती कोषिकाहरू विकसित हुन थाल्दछन् र बच्चाले आमालाई देख्न थाल्दछ । यसरी बारम्बार बच्चाले आमाको अनुहार देख्न थालेपछि मस्तिष्कमा आमाको अनुहारको तस्विर ( दृश्य कैद हुनपुग्दछ र आमालाई चिन्न थाल्दछ । यसैगरी शुरूआतमा बच्चाले सुन्न पनि सक्दैन । किनभने उसको सुन्नलाई मद्दत गर्ने मस्तिष्क कोषिकाहरू विकास भएका हुँदैनन् । क्रमिकरूपमा जब यी कोषिका विकसित हुन्छन् । बच्चालाई आमाले बारम्बार आमा, आमा दोहो¥याएर सुनाउने शब्द बच्चाको मस्तिष्कमा दृष्य सम्झनाको रूपमा रहन जान्छ । 

यसरी आमाले बच्चाको अनुहार हेर्दै बारम्बार आमा भन्ने शब्द दोहोरयाउदा बच्चाको मस्तिष्कमा रहेको दृष्टि केन्द्र (Visual Centre) र श्रवण केन्द्र (Hearing Centre) बीचको तालमेलले आमाको अनुहारका साथै बच्चाले आमा भन्ने शब्द पनि सम्झन सक्दछ । यदि उसले आमाको अनुहार देख्यो भने आमा शब्द सोच्न थाल्दछ । जसले गर्दा उसले आमालाई चिन्न थाल्छ । यसरी क्रमिकरूपमा बच्चाले आमाले बोलेको शब्द नक्कल गर्ने चरणमा पुग्दछ । यसरी बच्चाले पहिलो बोल्ने शब्द आम्मामा..........मामा आमामा............ मामा यही जटिल परिणाम हो ।