काठमाडौं - सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुने भएको छ। 

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको हो। 

यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुने छ। विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक़्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ। 

यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ। यस कार्यक्रमको अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन्।

शिक़्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका सम"हहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन्। 

हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका कार्यहरू भइरहेका छन्। यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपुर्ण योगदान एनसेलले विश्वास लिएको छ। 

यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समुह दर्ता गर्न सक्छन्। 

दर्ता भएका समूहहरू मध्येबाट छानिएका समुहरूको लिस्ट माघ २० घोषणा गरिने छ। कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरूको आयोजना भइरहेका छन्।