काठमाडौं – सौर्य परिवारमा भएको सबै ग्रहहरुले सूर्यलाई परिक्रमा गरिरहेका छन् भने उपग्रहहरुले हरेक ग्रहलाई परिक्रमा गरिरहेका छन् । सौर्य परिवारमा भएका प्रत्येक ग्रहहरु र उपग्रहहरु एक अर्कासित गुरुत्व बलले अडिएका छन् । पृथ्वी सूर्यको वरिपरि घुम्नको साथै आफ्नो कक्षमा पनि घुमिरहेको हुन्छ ।  जहाँसम्म हामीलाई लाग्छ कि सूर्यले पृथ्वीलाई परिक्रमा गरिरहेका छन् भन्ने कुरा छ त्यसका लागि यदि हामी चन्द्रमामा बसेर हेर्ने हो भने पृथ्वीले चन्द्रमालाई परिक्रमा गरिरहेको देखिन्छ र पृथ्वी नै चन्द्रमाभन्दा माथि देखिन्छ । जसरी एउटा कमिला झुन्डिएको सुन्तलामा हिंड्छ भने त्यो कमिलाको लागि सुन्तला सँधै तल नै हुन्छ । त्यसै गरी पृथ्वी सुन्तलाकार भएको र हामी कमिला जस्तै पृथ्वीमा घुम्दछौ भने सूर्य र चन्द्रमा हामीभन्दा माथि नै देखिन्छ र सूर्य र चन्द्रमा पृथ्वीलाई परिक्रमा गरिरहेको देखिन्छन् ।