काठमाडौं – तापदीप्त बल्बको फिलामेन्ट अर्थात् मसिनो तारमा विद्युत धारा प्रवाह भई तातिएर प्रकाश उत्पन्न हुन्छ । तर, बल्बमा उपस्थित संतृप्त ग्याँसको चालन एवं सम्बाहन बेग उत्पन्न तापलाई ह्रास गराउँदछ । तापको यो ह्रास फिलामेन्टको पृष्ठीय क्षेत्रफलमा निर्भर रहन्छ । क्षेत्रफल यदि ज्यादा भयो भने ह्रास पनि ज्यादा हुन्छ ।

अतः पृथ्वीको क्षेत्रफल कम गर्नका लागि फिलामेन्टको आकार कम गर्नु जरुरी हुन्छ । तर उचित तापका लागि यसको लम्बाई भने बढाउनु पर्दछ । झण्डै १०० ध को विद्युत बल्बका लागि १ मिटर चाहिन्छ तर एकदमै लामो तारलाई सोझै बल्बभित्र स्थापित गर्न सकिँदैन र सजिलो पनि छैन । अतः तारलाई कुण्डलीदार अर्थात् स्प्रिङ्ग जस्तै बनाइन्छ । कुण्डली हुने हुँदा यसले तापलाई केन्द्रित मात्र गर्दैन तारयुक्त तन्तुको अपेक्षा बल्बको क्षमता पनि बढाउँदछ ।

साथ साथै स्प्रिङ्ग जस्तै तारले त्यसको यान्त्रिक क्षमतामा समेत वृद्धि गराउँदछ । तर, के ध्यान दिऊँ भने २५ वाटभन्दा कम शक्तिको बल्बमा चाहिँ संतृप्त ग्याँस भरिदैन त्यो पूर्णः शून्य हुन्छ र यस्तो बल्बको तार कुण्डलीदार भने हुँदैन ।