काठमाण्डौं – पानीले आगो निभाउने काम मुख्यत दुई चरणमा पूरा हुन्छ । पहिलो चरणमा पानी बलिरहेको वस्तुको सम्पर्कमा आउँना साथ वाफमा परिणत हुन्छ र यसको लागि आवश्यक ताप बलिरहेको वस्तुबाट लिन्छ । साधरण तपाक्रमबाट पानी उमाल्न चाहिने ताप भन्दा उम्लिरहेको पानीलाई वाफ बनाउँन लगभग पाँचदेखि ६ गुणा बढी तापको आवश्यकता पर्दछ । यस प्रकार बलीरहेको वस्तुको तापको ठुलो अंश वाफ बनाउनमा खर्च हुन्छ । 

दोस्रो चरणमा पानी भन्दा वाफले लगभग २६ देखि २७ सय गुणा बढि ठाउँ छेक्ने भएकोले बलिरहेको बस्तुको चारैतिर वाफको खोल जस्तो बन्न जान्छ जसले बलिरहेको वस्तु र हवा अक्सिजनको बीचमा अवरोध उत्पन्न गर्दछ । अक्सिजन बिना आगो बल्न सक्दैन तसर्थ पानीले आगो निभाउँन सक्छ ।