साइरा खड्का

काठमाडौं - डिफेन्स करिअर एकेडेमीको नियमित रुपमा चल्दै आएको कार्यक्रम ‘नक्षत्रसँग एकपल’ को सातौँ श्रृंखलामा कहिले बत्ती ननिभ्ने मिटरका निर्माता वैज्ञानिक कपिल पौडेलले प्रस्तुति दिएका छन् ।4 photo

देश, विदेशका समसामायिक विभिन्न क्षेत्रमा आफ्नो खोजी र अनुसन्धानबाट चिनिन सफल पौडेलको संलग्नतामा विद्यार्थी भाइबहिनीहरूलाई लुकेका बुद्धिमत्ता (Hidden Intelligence)को चर्चाका साथै प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रममा प्रस्तुत गरिएको डिक्यानका संस्थापक डा. राजेन्द्र केसी बताउँछन्।
सामान्य सोच र अटुट विश्वासले जस्तो सुकै सपना पनि सकार पार्न सकिन्छ भनेर दर्शाउने उनी एक उदाहरण हुन्। पौडेलले आफ्नो कार्यमा,पहिले कसरी गर्ला भनेर कसैले साथ नदिएको तीतो सम्झना समेट्दै भन्छन्, ‘अब मलाई हैन, मेरो कामलाई सरकारका साथसाथै यहाँहरुको साथको आवश्यकता छ।’

कसरी र कहाँबाट सुरूवात गर्ने भनेर अन्योलमा पर्दा पनि उनको दिर्घशक्ति डगमगायन त्यसैले उनी आज नेपालमा मात्र नभई अमेरिका, क्यानडा र इन्डियामा समेत आफ्नो कम्पनी स्थापना गर्न सफल भएका छन् ।

दुई घण्टासम्मको अवधिमा पौडेलले आफ्नो जीवनचक्रका उतारचढावलाई व्याख्या गर्दा विद्यार्थीहरु
पनि उत्साहका साथ सुनिरहेको थिए । मानव भएर जन्म लिए पश्चात अरुका लागि पनि केहि गर्नुपर्छ भन्ने भावले मलाई आज यहाँसम्म लयाइपुरायो भन्दा विद्यार्थीहरुको गड्गडाहट तालीले पौडेललाई साथ दिइरहेका थिए। आफ्नो प्रस्तुति पस्चात विद्यार्थीहरुको उत्साहलाई मध्यनजर गर्दै उनीहरुको प्रश्नलाई समेटेर जवाफ दिए।

अन्त्यमा, आयोजक संस्था डिक्यानका संस्थापक डा. राजेन्द्र केसीले मायाको चिनो हातमा थम्याउँदै गर्दा पौडेलले पनि आयोजक र सहभागीलाई धन्यवाद दिदै विदा भए । सो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो ।