काठमाडौँ - सन् २०१२ देखियताका पासवर्डहरू प्लेन टेक्स्टमा आर्काइभ गरेर राखिएको अनुसन्धानले देखाएको छ । फेसबूकको अनुसन्धान अहिले पनि जारी छ । 

फेसबूकका करीब ६० करोड प्रयोगकर्ताका पासवर्डहरू कम्पनीका सर्भरमा प्लेन टेक्स्टमा राखिएको क्रेब्सनसेक्युरिटीको एक प्रतिवेदनले खुलासा गरेको छ । फेसबूकले एउटा ब्लग प्रकाशित गरेर ती पासवर्डहरू कम्पनीबाहिरका कसैले पनि देख्न नसक्ने र कर्मचारीहरूले त्यसको दुरुपयोग नगरेको बताएको छ ।

फेसबूकले यो विषय सल्टिसकेको र प्लेन टेक्स्टमा जसको पासवर्ड भण्डारण गरिएको हो तिनलाई सूचना दिइने जनाएको छ ।