टोयोटा कम्पनीको नाम त तपाईँ हामी सबैले सुन्दै आएका छौँ र यसले उत्पादन गर्ने कार लगायत विभिन्न प्रकारका गाडीहरु बनाउने कुरा पनि सायद हामी सबैलाई थाहा नै छ ।

अहिले भने जापानको ठूलो कार कम्पनीका रुपमा रहेको टोयोटाले भने चन्द्रमामा चलाउनको लागि एउटा जक्सा लुनार रोभर भन्ने कार बनाइरहेको छ ।

यो कारभित्र एकजना मान्छे मात्र बस्न मिल्नेछ भने यो कारको ६ ओटा पांग्रा हुने कम्पनीले जनाएको छ । यो कारको एकदमै फरक विशेषता के हुनेछ भने यो कार स्वचालित हुनेछ । जापान एरोस्पेस एकसप्लोरेसनले यस्तो कार बनाउनको लागि माग गरेपछि कम्पनीले बनाउन सुरु गरेको हो ।

यो रोभरलाई सन् २०२९ सम्म चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । यो कार अन्तरिक्ष यात्री भन्दा पहिले नै चन्द्रमामा पुग्नेछ र चन्द्रमामा अन्तरिक्ष यात्री पुगेपछि आफै यो अन्तरिक्षयात्री सम्म पुग्ने कुरा कम्पनीले जनाएको हो । यो कार चलाउनको लागि कुनै मान्छेको जरुरत् नहुने कम्पनीले जनाएको छ ।

सजिलोको लागि कम्पनीले यो कार ब्याट्रिबाट चल्ने र सौर्य उर्जाबाट चार्जहुने कुरा पनि जनाएको छ । यो कारको आकारको कुरा गर्ने हो भने यसको भित्रपट्टिको भाग १३ वर्गटिरको हुनेछ ।