राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम विन हमाद अल थानी दुईदिने भ्रमणमा नेपाल आएका छन् । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा थानी बंगलादेश हुँदै काठमाण्डौंं आइपुगेका हुन् । कतारी राजाको सम्मानमा नेपाल सरकारले मंगलबार सार्वजानिक विदा -पब्लिक होलिडे_ दिएको छ । आफ्ना राजालाई नागार्जुन जंगल लखेटेका दलहरुले कतारको राजाको यसरी खातिरदारी गर्नु सायद गणतन्त्रको अनौठो विशेषता भित्र पर्छ कि <

 आफ्ना राजालाई खेदाएर कतारी राजाको सम्मान

नेपाल राज्यको निर्माण नै राजा पृथ्वीनारायण शाहले गरिदिएका हुन् । नेपालमा विकास र समृद्धिको जग राजा महेन्द्रले बसालिदिएका हुन् । अनि शान्ति क्षेत्रको प्रस्ताव ल्याएर राजा बीरेन्द्रले सिक्किम हुनबाट नेपाललाई बँचाईदिएकै हुन् । राजा ज्ञानेन्द्रले नेपाललाई भुटान बनाउने भारतीय मुरादलाई अस्विकार गर्दा गद्धीविहीन हुनुप¥यो । लाखौं भारतीयहरुलाई नेपालको नागरिकता दिने मनसायले नेपाली काँग्रेसको तत्कालीन सरकारले अध्यादेशका रुपमा ल्याएको नागरिकता विधेयक माथि लालमोहर लाउन नमान्दा राजा वीरेन्द्र र उनको वंश नै सखाप पारियो । 

२००७ सालको दिल्ली सम्झौतादेखि ०४६ र ०६२÷६३ को जनआन्दोलनमा भारतकै निर्णायक भूमिका रहेकोमा सायद विमति नहोला । सातदल र माओवादी बीच १२ बुँदे सम्झौदा भारतले नै गरायो । गणतन्त्र नभनी पूर्ण लोकतन्त्र शब्दावली राखेर भारतले नेपालमा गणतन्त्र ल्याउन दलहरुलाई रामैसँगले प्रयोग ग¥यो । त्यसो त गणतन्त्रकै लागि भारतले माओवादी हिंसाको भरणपोषण गरेको सर्वविदित नै छ । भारत विरुद्ध कुनै पनि गतिविधि नगर्ने भनेर दिल्ली दरवारमा विन्तिपत्र चढाएर भारतबाटै हतियार, सैन्य तालिम र आश्रयस्थल समेत पाएर एक दशकसम्म माआवादीले मुलुकका भौतिक संरचनाहरु ध्वस्त बनाए र नेपाललाई आधा सदीपछि धकेलिदिए । माओवादी हिंसालाई भारतले मलजल गर्नुको पछाडिको मुख्य कारण नै नेपाल र नेपालीको राष्ट्रिय प्रतिकका रुपमा चिनिएको राजसंस्थाको उन्मुुलन गर्नु थियो । यसको गतिलो औजार संविधान सभालाई बनाइयो । संवैधानिक राजतन्त्रवादी नेपाली कांग्रेस र कथित कम्युनिष्टहरुलाई प्रयोग गरेर भारतले गणतन्त्रात्मक नेपाल बनाइदिएर छोड्यो । यसो गर्नुको राज नेपालमा भारत हावी हुनु थियो । सत्ताको साँचो दिल्लीले बोक्नु थियो । अहिले भएकै त्यही छ । नेपालको सरकार बनाउने, गिराउने, कसलाई प्रधानमन्त्री, मन्त्री बनाउने ? कुरामा भारतकै खटन पटन चल्ने गरेको तितो यथार्थता छ । 

राजा महेन्द्रले नै नेपालमा उद्योग धन्दा, कलकारखाना, बाटो पुल सबै क्षेत्रको निर्माण विकासलाई तीव्रता दिए । पूर्वपश्चिम महेन्द्र राजमार्ग बनाउन सोभियत संघ, भारत, अमेरिका, चीन जस्ता देशहरुलाई सहयोगी मनका साथ भित्र्याए । सिमेन्ट उद्योग, धागो उद्योग, कपडा उद्योग, चुरोट उद्योग, इटा, टायाल उद्योग, चिनी उद्योग, छालजुत्ता उद्योग, दुग्ध उद्योग लागयत दर्जनौं उद्योगहरु साथै साझा यातायात र ट्रली बस चलाएर यातायातका क्षेत्रमा समेत क्रान्ति नै ल्याइदिए । विभिन्न स्थानमा औद्योगिक क्षेत्र नै तोकेर देशलाई औद्योगिककरण गर्ने अभियानको उनले नेतृत्व गरे । तर ०४७ सालमा सत्तामा पुनरागमन गरेको नेपाली कांग्रेसले उदारीकरण र निजीकरणको नाममा सबै उद्योगहरु बेचेर खायो । साझा र ट्रली मात्र होइन नाफा कमाइरहेको वायुसेवा निगमलाई पनि थला बसायो । वोइङ बेचेर लाउडा भाडामा ल्याएर चलायो । घर उदाएर खरानीको व्यापार गरो कांग्रेसी सरकारले । देशका उद्योगहरु धमाधम बन्द भएपछि बेरोजगारी समस्यले उग्र रुप लियो । अब युवा निर्यातको खेती सुरु भयो । यही सिलसिलामा गिरिजा कोइराला सरकार प्रमुखको हैसियतमा कतार पुगे । कतारसँग श्रम सम्झौता भयो र युवाहरु कतारी श्रम बजारमा वाक्लिएका हुन् । अहिले चारलाख बढी युवाहरु कतारमा श्रमरत छन् । नेपालमा आइपुगेका कतारी राजासँग कतारमा रहेका नेपाली श्रमिकको सुधारमा सरकारले के कस्ता प्रस्ताव राख्ने छ, त्यो सार्वजानिक हुन वाँकी नै छ । 

नेपाल भूपरिवेस्ठित मात्र होइन पूर्ण भारतवेष्ठित बनाएका छन् दलहरुले । राजाहरुले गरेको विकासमा एउटा ईटा पनि थपिएको छैन । राजाका पालामा बनेका बाटाहरु तीसौ बर्ष केहि हुँदैनथे । अहिले ६ महिना पनि टिकेदैन कालोपत्र । गुणस्तरहीन निर्माण कार्य गरेर भ्रस्टाचार गर्ने गरिन्छ । भ्रष्टाचारले देश जर्जर बनेको छ । विदेशी ऋण र अनुदानमा समेत भ्रष्टाचार हुनुले नेताहरुको नियतलाई सतहमा देखाउँछ । युवाहरु विदेशतिर, नेताहरु भ्रष्टाचारमा लिप्त ऋण मागेर संघीयता धान्ने अवस्थाले नेपालको हालत पातलिदै जाँदैछ । विदेशी राजा आउँदा सार्वजानिक विदा दिएर गणतन्त्रमा पनि राजतन्त्रको सम्मान गरेकोमा भने सरकारलाई धन्यवाद भन्नैपर्ला ।