काठमाडौं - सामसङले ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा ल्याएको छ। 

काठमाडौंको हायात होटलमा बिहीबार आयोजित कार्यक्रममा सामसङले आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको हो। 

ग्यालेक्सी एस-२३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस अल्ट मोबाइलहरूको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रथम स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले संयुक्त रुपमा सार्वजनिक गरे। 

सो समारोहमा सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस-२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस-२३ अल्टामा नयाँ २०० मिलियन पिक्सल स्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ।’

यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले मात दिन नसक्ने उनले बताए। 

'हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्राहकहरूलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।’

ग्यालेक्सी एस २३ स्मार्टफोनहरू यसअघि कहिल्यै नगरिएको प्रिमियम एक्स्पेरियन्स्‌का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस २३ सिरिजमा असाधारण क्षमताका क्यामराहरू जडान गरिएको कम्पनीले जनाएको छ।