काठमाडौं - हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओमा उडान सुरु गरेको छ। 

 हिमालयन एयरलाइन्सको काठमाडौं-छिन्ताओ उडान सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई खादा लगाएर बिदाई गर्दै काठमाडौं-छिन्ताओमा उडानको उद्घाटन गरेका हुन्।

पर्यटनमन्त्री किरातीले छिन्ताओसम्मको उडानबाट चिनियाँ पर्यटनहरुको संख्या बढ्ने विश्वास व्यक्त गरे। चिनियाँ राजदूत सोङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला अघि सारेको ट्रान्स हिमालयन कनेक्टीभिटीको अवधारणा अनुसार काठमाडौं-छिन्ताओ उडान भएको बताए। 

काठमाडौं-छिन्ताओको आजको पहिलो उडानमा १ बालकसहित ११२ यात्रु थिए। 

पछिल्लो समयमा चिनियाँ पर्यटकहरु बढेसँगै नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बढ्न थालेको छ। यात्रु बढेसँगै नेपाल चीन उडान गर्ने एयरलाइन्सले उडान संख्या पनि थप्दै गइरहेका छन्।