काठमाडौं - साताको पहिलो सेयर कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ३३.२० अंकले घटेर १,९७१.१० विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि  ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको छ। 

 ३३.२० अंकले घट्यो नेप्से

आज २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिद बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ । हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले घट्यो भने फाइनान्स उपसमूहको सूचक २ प्रतिशत बढिले घट्यो। बाँकी ११ उपसमूहको सूचक १ प्रतिशत बढिले घट्यो।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा सिटीजन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ७३ लाख बढिको सेयर कारोबार भयो।