चैत्र ५ काठमाडौं । 
आर्थिक शिथिलताका कारण लगानी उत्पादन बजारीकरणमा यसको असर गरेको छ । बजारीकरणमा समस्या भएपछी राजश्वमा स्वत असर गर्ने नै भयो । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको सफत लगत्तै अर्थतन्त्रलाई उकास्ने नीजि क्षेत्रको मनोबल उच्च बनाउनेगरी काम गर्छु भनेका थिए । मुलुकको आय व्ययको अवस्थालाई हेर्दा सरकारले राजश्व वृद्धि ध्यान दिनुपर्ने देखिन्छ तर त्यसो भएको पाइदैन । सरकारले अघिल्लो वर्ष करिब ४ खर्ब रुपैया बराबरको घाटा बजेट कार्यान्वयन गरेकोमा आव २०८०÷८१ मा पनि त्यही नियति दोहोरिने संकेत देखिएको छ । 
कृर्षि पर्यटन र निर्माण क्षेत्रमा विभाजन गर्दा निर्माण क्षेत्रले मात्र ४० प्रतिशत हिस्सा ओगटेको छ । बाकी ६० प्रतिशत हिस्सा पर्यटन र कृर्षिले ओगटेको स्रोत भनाइ छ । यतिबेला नेपालको निमार्ण क्षेत्र ७० प्रतिशत डाउन भएको स्रोतको भनाइ छ । विशेषगरी निर्माण क्षेत्रमा करिब ३० देखि ४० प्रतिशतमात्र उत्पादन भइरहेको व्यवसायिहरुको दावी छ । 
खासगरी कोभिड १९ पछि तङग्रीदै गएको अर्थतन्त्रमा शक्ती राष्ट्रहरुका बीचमा चर्किदै गएको द्धन्द्धका कारण प्रभावित भइरहेको अर्थविद्हरुको दावी छ । व्यवहार त मुलुकले आर्थिक मन्दीको सामना गर्नु परिरहेको प्रष्टै छ । यस्तो अवस्था रहदा रहदै पनि अर्थ मन्त्री पुनले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता दोहोर्याइनै रहेका छन । मुलुकको अर्थ तन्त्र डामाडोल अवस्थामा नपुगेको भन्दै त्रासको हल्ला नगर्न सबैलाई आग्रह समेत गरेका छन । 

 

 नीजि क्षेत्रको आत्मबल बढनेगरी काम भइरहेको अर्थमन्त्री पुनको भनाइ