तीते करेला विविध रोगको औषधी

मदन वास्तोला,

तीते करेला विविध रोगको औषधी

औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ । करेलाले खानामा रुचि बढाउँछ । 

– छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।

– खाएको कुरा राम्ररी पचाउँछ । 

– पेटसफा राख्दछ ।  

– कब्जियत हुन दिँदैन । 

– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । 

– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । 

– मधुमेह रोगीलाई

– इन्सुलिनको काम गर्छ । 

– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, (हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । 

– तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । 

– औषधीको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ । 

– तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । 

– साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ । 

– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । 

– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । 

– आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । 

– तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । 

– वर्षा याममा हैजा लागेको शङ्का लागेमा  हैजाको पहिलो चरणमा छ भने करेलाकोरस वा पातकोरस खाएमा फाइदा गर्छ । यसका लागि (दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजकोरस मिलाई खानुपर्दछ । 

– तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । 

– तीते करेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग (जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीकोरोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगिता तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । हाम्रो गाउँठाउँ पाखा भित्तो सबैतिर उत्पादन गर्न सकिने तिते करेलाको प्रयोग बाट पेटको क्यान्सर र मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ , तर यो सत्य साबित भएको छ । धेरैलाई थाहा नहुन सक्छ हामीले तरकारीको रुपमा प्रयोग गर्दै आइरहेको तिते करेलाको प्रयोग औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै वैज्ञानिकहरु करैला सेवनबाट पेटको क्यान्सर र मधुमेह कसरी निको पार्न सकिन्छ भन्ने अनुसन्धानमा जुटेका छन् । 

तिते करेलाको सेवनले इनसुलिनलाई नियमित गर्न सहयोग गर्छ । र इनसुलिन नियमित भएको खण्डमा पेट संबद्ध क्यान्सरमा आराम मिल्छ । जनावरमा गरिएको अनुसन्धानले पनि देखाइसकेको छ कि तिते करेलाको सेवनबाट बोसोको मात्रा घटाउन सहयोग पु¥याउँछ । परम्परालाई हेर्ने हो भने पनि तिते करेला जुन अन्य तरकारी वा फलफूलहरु मध्य तीतो सब्जीको रुपमा परिचित छ । र यसको प्रयोगले ताप जरो, पीडा, छालामा हुने खरावी तथा आगोले पोलेक घाउ निको पार्छ । तीते करेला र पेट संबद्ध क्यान्सर पेट संबद्ध क्यान्सर भनेको यस्तो बेथा हो जुन अत्यन्तै तीर्व गतिमा फैलिने गर्छ र साधारण उपचार जस्तै केमोथेरापी र रेडियोथेरापीलाई समेत टेर्दैन । 

अमेरिकाको कोलोराडो विश्वविद्यालयमा तीते करेलाको प्रयोग पेटका क्यान्सर रोगीमा गरिएको थियो । पेट सम्बद्ध क्यान्सरका चार विभिन्न लाइनमा गरिएको अध्यन जुनमा प्यानक्रियाटिक क्यान्सर सेलका बारेमा अध्ययन गरिएको थियो । उक्त अनुसन्धान अनुसार तिते करेलाको प्रयोगबाट पेटको क्यन्सर र मधुमेहको सघन उपचार हुन सक्ने पत्तो लागेको छ । अनुसन्धानकर्ता त्यतिबेला अचम्ममा परे जव तीते करेलाको जुसले क्यान्सर सेलको बृद्धिमा अवरोध पुर्‍यायो र त्यसलाई मारिदियो । र ट्युमर जसमा पानी भरिएको हुन्थ्यो त्यसको आकार ६० प्रतिशतले घट्यो । तर शरीरमा कुनै प्रकारको खराबी वा साइड इफेक्ट भने देखिएन ।