लीला सिटौला,

 वायु प्रदुषणले स्वास्थ्यमा पार्ने असरहरु

वायु प्रदुषणले मानव स्वास्थ्यमा गंभीर असर पु¥याइरहेको छ । विश्व स्वास्थ्य संगठन लगायतको बैज्ञानिक खोज अनुसन्धानले पत्ता लगाए अनुसार वायु प्रदुषणका कारण स्वास्थ्यमा यस प्रकारका असरहरु देखिन्छन् । 

१) मस्तिष्क तथा स्नायु प्रणाली सम्बन्धि असर 
– स्मरण शक्ति कम हुने
– शरीरका अंग वा कुनै अंगका कार्यको आंशिक वा पूर्ण क्षति हुने । 
– सोच्ने, सम्झने र तर्क गर्न नसक्ने ।
– मस्तिष्क घात, मस्तिष्कमा रक्त प्रवाहमा कमि आउने ।
– बुझ्ने क्षमतामा ह्रास आउने ।
– मानसिक स्वास्थ्य समस्या आउने ।

२) रक्त सञ्चार प्रणाली सम्बन्धि असर
– हृदयघात
– रक्त नलीको भित्रि भागमा बोसोयुक्त पदार्थ बढ्नु
– मुटु सञ्चालन प्रक्रियामा परिवर्तन ।
– मुटुको चालमा समस्या

३) छाला रगत र हड्डी सम्बन्धि समस्या
– छाला सम्बन्धि रोगहरु
– उच्च रक्तचाप
– हड्डीहरु कमजोर हुने
– रक्तनलीमा रगत जम्ने
– रगतको क्यान्सर

४) प्राचन प्रणाली सम्बन्धि समस्या
– दीर्घकालीन पाचन समस्या (पखाला, पेट दुख्ने, ऐंठन, पेट फुल्ने)
– पिसाब थैलीको क्यान्सर
– पेटको क्यान्सर
– कलेजो तथा मृगौला समस्या

५) श्वास प्रश्वास प्रणाली सम्बन्धि समस्या
– श्वास प्रश्वासमा समस्या
– आस्थमा (श्वासप्रश्वास नली सुन्निने र खुम्चिंदै जाने)
– फोक्सोको वायु थैलीमा क्षति
– फोक्सोको क्यान्सर
– तल्लो श्वासप्रश्वास नलीमा संक्रमणदर बढ्ने

६) प्रजनन् प्रणाली सम्बन्धि समस्या
– महिला पुरुष दुवैमा प्रजनन् समस्याहरु
– गर्भपात
– समयपूर्व जन्म
– गर्भभित्रको विकासमा समस्या
– जन्मदा कम तौलको बच्चा जन्मिने
– महिला पुरुष दुवैमा क्यान्सरको समस्या

हाम्रो देश नेपाल पनि वायु प्रदुषणबाट ग्रसित मानिन्छ । सन् २०२१ को तथ्याङ्क अनुसार ११७ वटा देशहरुको अनुसन्धान गर्दा नेपाल १० औं प्रदुषित देशमा परेको थियो । काठमाण्डौं वायुप्रदुषणका दृष्टिकोणले ९१ औं प्रदुषित शहरमा पर्छ । वायु प्रदुषणका कारण नेपालमा बार्षिक ४२,१०० जनाको मृत्यु भएको तथ्यांक रहेकोमा काठमाडौंमा मात्र ५०८० जनाको मृत्यु भएको तथ्यांक सन् २०१९ को रहेको छ । वर्तमानमा प्रदुषणको अवस्था अझ भयावह बन्दै गएकाले यस तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुन आवश्यक छ । 
स्रोतः सामाजिक सन्जाल