मदन वास्तोला, 

 आयुर्वेदमा अत्यधिकमात्रामा प्रयोगहुने जडिबुटी हर्रो

काठमाडौं– आयुुर्वेदका अत्यन्त महत्वपुर्ण औषधीका रुपमा प्रयोगहुने, जडि औषधी हर्रो हो, यो १५० मिटरको तराईको फाटबाट २००० मिटर सम्मको उचाईसम्म पाइने वृक्ष हर्रो हो । यसको फल, अण्डाकार काचोमा हरियो र पाकेपछि फुसो पहेलो रंगको हुन्छ । यसको औषधिको लागि प्रयोग हुने अंग फल नै हो । यसको काचोफललाई कलिलैमा टिपेर गौमुत्रमा पकाएर सुकाएर राखेको दानालाई जंगिए हर्रो र पुष्ट दानालाई सुकाएर औषधिको रुपमा प्रयोग गर्ने ठूलो फललाई हर्रो भनिन्छ ।

यसको प्रयोग स्वासप्रस्वास, कास, प्रमेह, अर्ष, उदररोग, सो रोग, जन्दिस, अस्मरि, मुत्रकुच्छ, मुत्राघात, नेत्ररोग, कब्जियत, गिजाको रोग, उच्च रक्तचाप, आउँ, झाडापखाला पेट दुखेमा प्रयोग गरिन्छ । यो प्रसिद्ध आर्योबेद औषधी त्रिफलाको एक आवयव हो । यसलाई गाउँ घरमा गाई बस्तुलाई डाले घाँसको रुपमा पनि खुवाउँन प्रयोग गरिन्छ । हरितकी (हर्रो) को व्याख्या आयुर्वेदमा आमा नहुने बच्चाको लागि आमा समान हो ।