मार्गारेट चर्च र टावर व्रिज हेरीसक्दा दिनको चार वजिसकेको थियो । लण्डन टावर किल्ला हेर्ने काम भोलीपल्टलाई राखी हामी लण्डनशहरको मुटु पिकाडेली र वरपर घुमी समय वितायौ र करिव ७ वजे तिर क्याम्पींग साइट तर्फ फक्र्यौ । कारमा सुतेको हामी भोली पल्ट विहान उठदा ९ वजेको पत्तै पाएनौ । छिटो छिटो हात मुख धोइ विहानको हल्का खाना क्याम्पिंग साइटकै रेष्टुरामा खाएर हामी लाग्यौ लण्डन टावर हेर्न तिर ।

लण्डन टावर  
आधिकारिक रुपमा  कुनै वेलाको बेलायतको शाही दरवार, किल्ला र लण्डन टावर भनिने यो ठाउ थेम्स नदिको उत्तरी किनारमा अवस्थित रहेछ । सन १०६६को अन्त्य तिर  बेलायतलाई नोरमानहरुले विजय गरेको अवस्थामा स्थापना हुन पुगेको यो दरवार क्षेत्र लण्डनको ज्यादै ऐतिहासिक र पुरातात्विक मानिदो रहेछ । यहाको श्वेत टावर विलियम महानले सन १०७८ मा बनाएका रहेछन टावरसंगैको किल्ला चाहि सन ११०० सम्म कैदखानाको रुपमा प्रयोग भएको रहेछ ।

यद्यपि वकिंगघम दरवार वनिनसकेको अवस्थाका यो किल्ला र दरवारनै बेलायतको राजारानीको निवाश रहेछ । यस दरवार क्षेत्रलाई १२ देखि १३औ शताब्दि विच रिचार्ड प्रथम, हेनरी द्धितिय, र एडवार्ड प्रथम जस्ता बेलायती राजाहरुको राज्यकालमा विभिन्न चरणमा गरी फैलाउने कार्य भएको रहेछ । बेलायतको इतिहासमा लण्डन टावरको छुट्टै अस्तित्व रहेछ । यस टावरलाई जितेर जस्ले आफनो नियन्त्रणमा लिन सक्यो उसैले बेलायतको शाशन गर्ने गरेको परंपरा रहेछ । यस टावर क्षेत्रमा हतियार र वन्दोवस्तीको उत्पादन, टक्सार, किताव खाना र शाही जवाहरातलाई सुरक्षित तवरवाट राख्ने ढुकुटी समेत रहेछ ।

१४औं शताब्दि देखि राजा चाल्र्स सम्म सबै राजाहरुको राज्याभिषेकको लस्कर यही टावरबाट शुरु भई वेष्ट मिनिष्टर एब्बीमा पुगेर अन्त्य हुने गर्दो रहेछ । १५ औ शताब्दि पछि भने यो टावर क्षेत्र शाही निवास भन्दा पनि वढी कारागारको रुपमा प्रयोग गर्न शुरु गरिएको रहेछ । शाही परिवारलाई कैद गर्नु पर्यो भने जेलचलान गरेको नभनी लण्डन टावरमा नजरवन्द गरिएको भन्ने चलन रहेछ । सो अनुरुप बेलायतकी रानी हुनु भन्दा अगाडि एलिजावेथ प्रथम पनि यहा नजरवन्दमा परेकी रहिछन् । यस क्षेत्रमा विश्वयुध्दको वेलासम्म गरी ७ जना मृत्युदण्डस्वरुप काटिएका रहेछन् ।

१९औ शताब्दिमा शाही टकसार यहाबाट हटाएपछि यस क्षेत्रका दरवारका कक्षहरु रित्ता हुन पुगेका रहेछन् । दोश्रो विश्वयुध्द पछि चट्यांगको कारण क्षतिग्रस्त भएको यस टावर र दरवार क्षेत्र जिणोध्दार पश्चात पयर्टक स्थलको रुपमा सबैको लागि खुलागरिएको रहेछ ।  हाल दरवारकै गुठी मार्फत यसको मर्मत संभारहुने यो क्षेत्र यूनेस्को विश्व सम्पदा सूचीमा रहेको छ । यस दरवार क्षेत्रको सबैभन्दा बलियो संरचना भनेको मध्यकालिन समयको श्वेत टावर रहेछ । यही टावर भित्रको दरवारमा राजा रानीको सयन कक्ष रहेछ र ११औ शताब्दिको विश्वका राजाहरुको दरवारहरुमध्ये एक उत्कृष्ट दरवारमा पर्दो रहेछ । तिनतला भएको यो दरवार टावर ९० फिट मात्रै अग्लो रहेछ ।

प्रवेशदारको काठे भर्याग शत्रुको आक्रमण हुने खतरा देखिएका सजिलै झिक्न मिल्ने गरी वनाइएको रहेछ । दरवारको पहिलो तलामा सेन्ट जोन च्यापेल नामक शाही परिवार र नातागोताको लागि भनेर विशाल प्रार्थना कक्ष र शयन कक्षहरु रहेछन् । दरवार टावरको भित्री भाग हेर्दा दुरुस्तै सैनिक किल्ला जस्तो देखिदो रहेछ । यस दरवार टावरभित्र विभिन्न बेलायती राजाहरुले विभिन्न देशहरुबाट ल्याएका जनावरहरुराख्ने स्थल (मेनाजेरी) पनि रहेछन । जस्मा रोमन वादशाह फ्रेडेरिक द्धितियले उपहार दिएको तिन वटा चितुवा, नर्वेका राजा हाकोन चौथौंले दिएको हिम भालु, फ्रान्सका लुइ नवौले दिएको अफ्रिकाली हात्ति आदि रहेछन । तर बेलायतको जाडोले गर्दा कालान्तरमा यी जनावर मरेका कारण धातुको यिनीहरुको मूर्ति वनाइ दरवार परिशरमा राखिएको रहेछ ।