चैत्र ११ काठमाडौं
मस्कोस्थित क्रोकस हलमा रक व्यान्डको कन्सर्ट भइरहेको समयमा हतियारधारी समुहले अन्धाधुन्ध गोली चलाएका थिए । कन्सर्ट चलिरहेको समयमा एकासी गोली चल्न थालेपछि सन्सर्टमा कयौ मानिसहरु हताहत भएका थिए भने धेरैलाई गोली लागि ढलेका थिए । गोली चल्दा सन्सर्टमा सहभागी भएका १ सय ३३ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सख्त घाइतेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । 

 रुसको मस्को कन्सर्टमा आतकंवादी हमलामा मारिनेको संख्या १ सय ३३ पुग्यो

कट्टरपन्थी समुह आईएसआईएस केद्धारा टेलीग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको समाचार स्रोतले जनाएको छ भने रुसी अधिकारीले घटनामा संलग्न हुनेहरुको विवरण अझै खुलाइसकेको छैन । आईएसआइएस के इस्लामिक स्टेट खोरमान प्रान्त अफगानिस्थान तथा इरानमा सक्रिय समुह हो । काबुलस्थित रुसी दुतावासमा यसअघि पनि आक्रमणको प्रयास भएको थियो । 
अक्रमणमा घाइतेहरुको अवस्था निकै गम्भीर रहेको हुनाले मृतकको संख्या अझ बढन सक्ने रुसी अधिकारीलाई उद्यत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन । रुसले यस आक्रमणलाई आतंकवादीको संज्ञा दिएको छ भने घटनाका प्रत्यक्षदर्शीले समेत यस घटनालाई भयानक भनेका छन । श्रीमान्सँग कन्सर्टमा सहभागी भएकी प्रत्यक्षदर्शी मार्गरिटाले घटनाको वर्णन गर्ने आफूसँग कुनै शब्द नै नभएको बताएको स्रोतले जनाएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिने राष्ट्रका नाममा सम्बोधन गर्दै घटनालाई बर्बतापूर्ण आंतकवादको संज्ञा दिएका छन भने उनले आक्रमणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै थप संलग्नको पहिचान गरी कडा भन्दा कडा कारवाही गरिने जानकारी दिएको आन्तर्राष्ट्रिय स्रोतले बताएको छ । गत शुक्रवार भएको सो आक्रमण एकदशकयताकै सबै भन्दा ठूलो आक्रमण भएको स्रोतको दावी छ । 
उक्त आक्रमणमा युक्रेनको कुनै संलग्नता नभएको युक्रेनले प्रष्ट पारेको छ वर्तमान अवस्थामा रुस र युक्रेनबीच लडाइ चलिरहेको छ । मस्को घटनामा विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्र प्रमुखहरुले समबेदना व्यक्त गरेका छन भने कडा निन्दा पनि गरेका छन । यसैगरी नेपाल सरकारले पनि रुसको मस्कोमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै निर्दोस नागरिकले ज्यान गुमाएको प्रति आफू स्तब्ध भएको जनाएको छ साथै मृतकका परिवारप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ परराष्ट्र मन्त्रालयको एक विज्ञप्ती जारी गर्दै समबेदना व्यक्त गरेको हो । 
(एजेन्सीको सहयोगमा)