लण्डन पुगेको पहिलो दिन वेष्ट मिन्ष्टर एब्बी र पार्लामेन्ट भवन अवलोकन गर्दागर्दै साझ परिसकेको थियो । त्यहा भएका वाकी कुरा विशेष गरेर मार्गारेट चर्च र अलि पर रहेको टावर व्रिज दोश्रो दिन हेर्ने निर्णय गरी हामी क्याम्पिंग साइट तर्फ लाग्यौ र भोली पल्ट व्रेक फास्ट सकेर हामी पुन वेष्ट मिन्ष्टर आई मार्गारेट चर्चको अवलोकन गर्न लाग्यौ । 

 मैले देखेको वयालिसौं विश्व सम्पदा ः लण्डनको मार्गारेट चर्च र टावर व्रिज 

मार्गारेट चर्च  

वेष्ट मिनिष्टिर एब्बीकै छेउमा रहेको यो चर्च आन्ग्लीकन चर्च रहेछ र आन्टिओकको मार्गारेट प्रति समर्पित रहेको हुंदा यसलाई मार्गारेट चर्च भन्दा रहेछन् । वेष्ट मिनिष्टिर एब्बी र संसद भवन संगै यो चर्च पनि विश्व सम्पदा सूचीमा परेको रहेछ । १२औं शताब्दिमा वेनेडिक्टन सम्प्रदायका क्रिश्चियन पुरोहित (मन्क) हरुले यस चर्चको स्थापना गरेका रहेछन् । एब्बीकै परिशरमा रहेको यस चर्च वेष्ट मिनिष्टरका सर्बसाधारण जनताको प्रार्थनाको लागि छुट्टाइएको रहेछ । तर पुजा र प्रार्थनाको परंपरा चाहि पूणंरुपमा एब्बीकै प्रकृयाबाट चल्ने रहेछ । खाली फरक भनेको एब्बि व्रिटिस राजपरिवारको र मार्गारेट चाहि सर्वसाधारणको चर्च रहेछ । राजा हेनरी सातौको पालामा यस चर्चको पुनरनिर्माण गरिएको रहेछ र वास्तुपुजा भने सन १५२३ को अप्रिल ९ मा गरिएको रहेछ । पुनरजागरण काल भन्दा अघिको अन्तिम क्याथोलिक चर्चको रुपमा मानिदो रहेछ यस चर्चलाई । सन् १६१४ मा आएर यो चर्चलाई पिउरीटनहरुले शाही चर्च वनाई त्यहाँ संसद संचालन गर्न शुरु गरेपछि यस चलनले हालसम्म नियमितता पाएको रहेछ ।

सन् १७३४ राजा जोन जेम्सले यस चर्चको उत्तरपश्चिममा टावर वनाउन लगाएका रहेछन् जसको निर्माण सम्पन्न गर्न चार वर्ष लागेको रहेछ । चर्चको भित्रि भागमा जुन साज सज्जा र कलाकारिताको प्रस्तुति छ ती सबै सन् १८७७ भित्रनै वनाइएको रहेछ । हरेक सालको अक्टोवर महिनामा यस चर्चमा नयाँवर्ष महोत्सव मनाउने चलन रहेछ । यस चर्चको झ्यालहरु मध्ये हेर्नलायकको झ्याल चाहि सन् १५०९ मा वनाइएको कलापूर्ण फ्लेमिस शिशाका झ्याल रहेछ जुन राजा हेनरी आठौ र आरागोनको क्याथरिनको श्वंयम्वर प्रति समर्पित रहेछ । त्यस्तै अरु शिशाका झ्यालहरु विलियम काक्सटोन प्रति समर्पित रहेछन जस्लाई लण्डनको पहिलो छापाखाना मुद्रक भनिदो रहेछ र उसको चिहान पनि त्यही चर्चमा राखिएको रहेछ । यस चर्चमा दुबै सदनका सासंद, सामन्त र भाइ भारदारहरु र अन्य गन्यमान्य नागरिकहरुको विवाह महोत्सव आयोजना गरिदो रहेछ ।

मार्गारेट चर्चको सरसरती अवलोकन गरेपछि हामी लण्डनको टावर व्रिज हेर्न तर्फ लाग्यौ ।   

टावर व्रिज लण्डन 

यो पुल विश्व प्रख्यात झोलुंगे पुलको रुपमा मानिदो रहेछ ।  यस पुलको निमांण सन १८८६ मा शुरु १८९४ मा सम्पन्न गरिएको रहेछ । ७० हजार टन कंक्रिटको जगमा उभिएको यो पुलमा ११ हजार टन स्टिलको प्रयोग भएको रहेछ । निर्माण कार्य फत्ते गर्न इ डब्ल्यू कर्टेल भन्ने इन्जिनियर निर्माणस्थल डेरा जमाएर वसेका रहेछन । ५ जना ठेकदारलाई संयुक्तरुपमा निर्माण कार्यको जिम्मा लगाइएको रहेछ । त्यतिखेरनै ११ लाख ८४ हजार पाउण्डमा यो पुल वनेको रहेछ । लण्डनको थेम्स नदि माथि वनाइएको यो पुल लण्डनको गौरवपूण सस्कृति झल्काउने आइकनको रुपमा लिइदो रहेछ । यो पूलमा दुइवटा टावरको संगसंगै निर्माण भएका रहेछन र झोलुंगे पुल भएतापनि यस पुलवाट मान्छे र गाडीहरु दुबैलाई आवत जावत गर्न दिइदो रहेछ । २४० मिटरको लम्वाई रहेको यो पुलका दुइ टावरका उचाई भने ६५ मिटर रहेछ र दुइ टावर वीचको दुरी ६१ मिटर रहेछ ।  यो पुलको औपचारिक उद्घाटन ३० जून १८९४ मा प्रिन्स अफ वेल्सले गरेका रहेछन् ।

मौलिक अवस्थामा यस पुलमा महारानी एलिजावेथ द्धितियको राज्यकालको २५आंै वर्ष मनाउने क्रममा  रातो सेतो र निलो रंग लगाइएको रहेछ । यहा एउटा भिक्टोरियन इन्जिनरुम नामक स्थाथी प्रदर्शनी पनि रहेछ र त्यहा प्रवेश गर्न ससुल्क टिकटको ब्यवस्था गरिएको रहेछ । ठूला ठूला पानी जहाज आउदा र जादा पूल उचालिदो रहेछ । गाडीहरु यो पूल भएर जादा २० माइल प्रति घण्टामा मात्र चलाउन पाउदा रहेछन । यस पूलको मुनी राखिएको भूमीगत ट्युवबाट रेल आवत जावत हुने ब्यवस्था गरिएको रहेछ । यी सबै दृस्टिकोणबाट लण्डनको यो टावर व्रिज विश्वकै एक नमुना र ऐतिहासिक पुल रहेछ ।