दिपक श्रेष्ठ,

 निशुल्क स्वास्थ्य शिविर

काठमाडौं – ललितपुर महानगरपालिकाले एच पि भि डि एन ए विधि द्वारा महिलामा देखा पर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर आङ खस्ने तथा फिस्टुला सम्बन्धी निशुल्क स्वास्थ्य शिविर महानगरको २९ वटै वडाहरुमा संचालन गर्ने भएको छ  । 

 शिविरको सुरुवात महानगरपालिकाको वडा नं. १४ बाट गरिएको छ ।  स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने ललितपुर महानगरपालिकाले जानकारी दिएको छ ।  

परिवार नियोजन सस्थागत क्लिनिक ललितपुर महानगरपालिका वडा नम्बर १४ र ललितपुर महानगरपालिका समाजकक्याण महाशाखा जनस्वास्थ्य शाखा द्वारा आयोजना गरिएको हो ।

गत बर्ष ८ वटा वडामा यस्तो परिक्षण गरेकोमा १२४१ जना महिलाहरुको परिक्षण गरिएको र आउदो  जेठ महिना देखि सबै वडामा जेष्ठनागरिकाहरुलाइ निमोनिया को भ्याक्सिन दिने कार्यक्रम रहेको कार्यक्रमका प्रमुख अतिथी राजु महर्जनले बताउनु भयो ।

साथै सम्पुर्ण वडा बासीहरुलाइ स्वास्थ्य बिमा गराएर स्वास्थय परिक्षणको फाइदा लिन पनि अनुरोध प्रमुख अतिथी महर्जनले गर्नु भयो ।

कार्यक्रमको सभापती ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष अमृत जङ्ग महत हुन्हुन्थ्यो भने ललितपुर महानगरपाकिकाका प्रबक्ता राजु महर्जनको प्रमुख आथित्यमा कार्यक्रम सम्म्पन्न भएको थियो।