सम्सेर क्षेत्री,

 सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पिस्कर ५ धारावतीमा आज विहान जन्ती बोकेको बस दूर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने घटनामा ५२ जना जन्ती घाइते भएका छन् ।

दोलखाबाट ५५ जना जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरासुन्दरी गाउँपालिका ५ धारावतीमा विहान ७ बजेतिर दूर्घटनामा परेको हो । सो दूर्घटनामा घाइते भएकाहरुको उद्धार कार्यपछि घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भटराई जानकारी दिनुभएको छ ।

ठूलो भिरबाट बस खसेको र भौगोलिक अवस्था कठिन भएकाले उद्धार कार्यमा समस्या परेको प्रहरीले जनाएको छ । बस करिव १५० मिटर तल खसेको छ । घटना विवरण हेर्दा कमजोर बाटो भएको कारणले नै बाटो भासिएको जस्तो देखिन्छ ।