गोपी कृष्ण प्रसाई,

 अभियन्ता गंगादेवी थपलियाको जीवनयात्राको लोकार्पण

काठमाडौंं – वरिष्ठ समाजसेवी र धार्मिक अभियन्ता गंगादेवी थपलियाको जीवनयात्राको लोकार्पण गतसाता काठमाडौंको भृकुटीमन्डप स्थित पर्यटन बोर्डको हलमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ। समारोहको सभापतित्व स्रष्टा गंगादवी थपलियाले गर्नु भएको थियो भने प्रमुख अतिथि राप्रपाका अध्यक्ष एवम पूर्व  उपप्रधानमन्त्री  राजेन्द्र लिंग्देन हुनुहुन्थ्यो। कार्यक्रममा श्रष्टा थपलियाले करीब  ९० जना विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, राजनीतिज्ञ, प्रशासक, कुटनितीज्ञ, कलाकार, साहित्यकार, सन्चारकर्मी, धार्मिक अभियन्ता, इतिहासविद लगायतलाई मायाको चिनो, दोसल्ला, खादा, रुद्राक्षको माला लगाएर सम्मान गर्नु भएको थियो।

कार्यक्रममा समाजसेवी भीष्म थपलियाले स्वागत मन्तव्य राख्नु भएको थियो भने  पुस्तकको बारेमा साहित्यकार गोपीकृष्ण प्रसाईले बोल्नु भएको थियो  त्यस्तै पुस्तकका संपादक साहित्यकार तारा सुवेदीले आफ्ना अवधारणाहरु राख्नु भएको थियो। प्रमुख अतिथि राप्रपाका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, पूर्व सभासद नन्द कुमार प्रसाईं, वरिष्ठ पत्रकार गोपाल थपलिया, पं. व्यासाचार्य जयराम भट्टराई, समाजसेवी अर्जुन पौडेलले पुस्तक अनि सर्जककै बारेमा आफ्ना विचारहरु राख्नु भएको थियो।पुस्तककी सर्जक गंगादेवी थपलियाले आफ्ना विचारहरु प्रस्तुत गर्नु भयो।

९४ बर्षकी वयोवृध्द गायिका मनमाया सिटौलाको संगिनी गीतले हल गुन्जयमान भएको थियो। कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, पूर्व मन्त्री अग्निप्रसाद खरेल, पूर्व रा.पं.स दीर्घराज प्रसाईं, पूर्व राजदुत प्रल्हादकुमार प्रसाईं आदिको सारगर्भित उपस्थिति रहेको थियो।करीब २५० जना महानुभावहरुको उपस्थितिले हल खचाखच भरिएको  थियो । उक्त कार्यक्रम २ बजेदेखि ५.३० बजे सम्म चलेको थियो, कार्यक्रम साहित्यकार सीता अर्चना पौडेलले चलाउनु भएको थियो, कार्यक्रमको आयोजकहरु क्रमस शुशिला थपलिया, भीष्म थपलिया, शान्ता पौडेल थपलिया र रमेश थपलिया हुनुहुन्थ्यो।