काठमाडौ वैशाख १ गते काठमाडौ जिल्लाको गोकर्णेश्र्वर नगरपालिकाको किसीगालमा अबस्थित उत्तरबाहिनी बोर्डिङ्गको आयोजनामा गत चैत्र २५ गते देखी चैत्र २८ गतेसम्म आयोजित ४ दिने मन्टेश्वरिमा आधारित शिशु कक्षा तथा ग्रेड टिचिङ्ग सम्बन्धि शिक्षक तालिम सफलतापुर्बक सम्पन्न भएको छ । 

 तालिम सम्पन्न 

काठमाडौकै डिल्लिबजारमा अबस्थित तपस कन्सोल्टिङ्ग एण्ड ट्रेनिङ्ग ईन्सटिच्युटका तालिम सहजकर्ताहरू रेनु सुब्बा लामा , मनिषा थापा , सुस्मिता थापा तथा रूबिना पुनले सहजिकरण गरेको हो । उक्त तालिममा आयोजक बिद्यालयमा अध्यापन गराई रहनु भएका २३ जना शिक्षिकाहरूले भाग लिनुभएको थियो । सो तालिमका सहजकर्ताहरूले सहभागीहरूलाई सहभागीमुलक बिधिबाट कसरि कक्षामा अध्यापन गराउने भन्ने बारे जानकारी दिइएको थियो ।

पाठ्यक्रममा आधारित बिषयबस्तुलाई खेल, कथा, गीत, अभिनय, गीत गायन र बालमैत्री शिक्षण बिधी अपनाउँदै कक्षा भित्र र कक्षा बाहिरको शिक्षण बिधिहरूको जानकारी गराउँनुको थियो । साथै कक्षा कोठाको सजावटका लागि आर्ट एण्ड क्राफ्टकालागि आबश्यक सिपहरू समेत प्रदान गर्नुभएको थियो ।

उक्त तालिम समापनको अन्तिम दिन गत चैत्र २८ गते तालिम समापन समारोहमा तपस कन्सोल्टिङ्ग एण्ड ट्रेनिङ्ग ईन्स्च्युटको तर्फबाट सो संस्थाका प्रतिनिधि निलम महर्जनले उक्त तालिमका सहभागीहरूलाई तालिमको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सोहि कार्यक्रममा उत्तरबाहिनी बोर्डिङ्ग स्कुलको तर्फबाट त्यस बिद्यालयका प्रधानाध्यापक ज्ञानलाल श्रेष्ठले तपस कन्सोल्टिङ्ग एण्ड ट्रेनिङ्ग ईन्स्टिच्युटलाई प्रशंशा पत्र तथा सहजकर्ताहरूलाई मायाँको चिनो समेत प्रदान गर्नुभएको थियो ।