सत्ताको नेतृत्वमा पुगेपछि जनस्तरका मुद्धा जहिलै बेवास्तामा पर्छन पारिन्छन । सर्वहारा सिमान्तकृतहरुको उत्थान र विकासँगै मुलुकलाई समद्धिको दिसामा डोहोर्‍याउने ध्यान नेतृत्वमा हुनुपर्ने हो तर हुदैन । हुदाखाने निमुखा नागारिकको दैनिकीमा बनाउने प्रमुख जिम्मेवारी सत्ताको नेतृत्वमा रहनेहरुको हुनुपर्ने हो तर हुदैन । शिक्षा स्वास्थ्य जस्ता विषयहरु हुँदाखाने जनताको पहुँचमा पुगोस भन्ने आम अपेक्षा नागारिकले राज्यसत्ताको नेतृत्व गर्नेहरुबाट राखिएको हुन्छ र छ पनि । विगत र वर्तमानको परिवेशलाई तुलना गर्ने हो भने व्यवस्था परिवर्तनका चरणहरु पार हँुदै आए राणा पन्चायत बहुदलदेखि गणतन्त्रसम्मको यात्रामा व्यवस्था परिवर्तनका लागि आन्दोलनको अग्रमोर्चामा रहनेहरु तिनै सर्वहारा निमुखा जनता नै भएको तितो यार्थाथलाई सत्ताको नेतृत्वमा पटकपटक पुगेकाहरुले भुलिसकेका छन । 

सशस्त्रयुद्धदेखि ६२/६३ को जनआन्दोनसम्मलाई हेर्ने हो भने पनि सबैभन्दा पहिला आन्दोलनमा सहिद हुने निमुखा सर्वहारा वर्गहरु नै थिए । निमुखा सिमान्तकृत दलित उत्पीडित समुदायको आ आफ्नै पीडा र व्यथा थिए र छन । एउटा किसानले कृर्षि उपार्जनका लागि राज्य नेतृत्वकर्ताले सहज बनाइदेलान कृर्षिका लागि मल, विऊ लगायतका आवश्यक सामग्री सहज रुपमा उपलब्ध गराइदेलान भनेर नेतृत्वलाई साथ दिए । दलितहरुले समाजमा जातिय विभेद भोग्नु नपरोस समाजमा चल्दै चलाउदै आइएको कुसंस्कारहरु जरैदेखि उखेलेर फालिउन भन्ने आसा राखेर नेतृत्वलाई साथ दिए । बेपत्ता पारिएका आफन्ताहरुले बेपत्ताहरुको खोजी गरिदिउन सास लाछ जे हुन्छ पत्ता लगाइदिउन भनेर नेतृत्वलाई साथ दिए । 

समाजमा हेपिएका पेलिएका राज्य सञ्चालनको मुलधारबाट किनारामा परेका पारिएकाहरुले राज्यको तहमा अर्थपूर्ण सहभागिता रहोस भनेर नेतृत्वलाई साथ दिए । मजदुर सर्वहाराहरुले श्रमको उचित मुल्यसहित श्रमगरेर निर्धक्क परिवारको साहारा बन्न पाइयोस भनेर नेतृत्वलाई साथ दिए । यसरी व्यवस्था परिवर्तनका लागि हुदाखाने जनताले रगत र पसिना बगाएको वास्ताविकतालाई कसैले विर्सिएर विर्सिने विषय हैन । राज्यसत्ताको नेतृत्वमा पुग्नेहरुलाई हुदाखाने जनताहरुले सधै साथ र सहयोग गरेका थिए र आज पनि गरिरहेकै छन । तर आज यिनै निमुखा जनताको आड र अडेसोमा राज्यसत्ताको नेतृत्वमा पुग्नेहरुले उनीहरुको आवाजलाई विर्सिएका छन । निमुखाहरुको समस्यालाई प्राथमिकतामा नपार्दा जनजीवन उस्तै अवस्थामा रहन पुग्यो । 
नीतिगत परिवर्तनहरु धेरै भए तर नीतिले भनेका कुरालाई व्यवहारमा देखिने काम कहिलै भएन । नीतिमा समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा भएको छ । नीतिगत व्यवस्थालाई राज्यसत्ताका नेतृत्वले हिजो पनि व्यवहारमा लागू गरेका थिएनन र आज पनि छैन । समृद्धी र सुशासनका नीतिगत व्यवस्था, सिमान्तकृत र उत्पीडित समुदायको उत्थान र विकासका लागि बनेका नीतिगत व्यवस्था आम हुँदाखाने वर्गहरुको जनजिविका सहज तुल्याउन बनेका नीतिगत व्यवस्थाहरुलाई कुल्चिदै अगाडी बढने अभ्यास नेतृत्वमा हावी हुदै गयो । सत्ता र शक्तीको अडेस लिएर आफूअनुकूल अभ्यासहरु राज्यसत्ताको नेतृत्वले गर्दै गयो जसका कारण आम हुँदाखानेहरुको समस्या यथास्थानमै रहिरहे । नीति र नेतृत्वको तालमेल नहुँदा जनजिविकाका समस्याहरु चुलिदै गए । 
सार्वजनिक सेवा प्रवाहदेखि जनमुखी महत्वका विषयहरुमा अस्तव्यस्तता बढदै गयो । घुसखोर कमिसनखोर जताततै मौलाइरहयो । पैसा नखुवाई कुनै पनि काम नहुने अवस्थाको सिर्जना हुँदै गयो । केन्द्रदेखि स्थानीयतहसम्म भ्रष्ट्रचार संस्थागत हुँदै गयो । हुँदाखानेहरुको जनजीविकामा परिवर्तन निकै टाढाको विषय बन्दै गयो । सिमित मान्छेहरुको पकडमा राज्यसत्ता घुमिरहने र हुदाखानेहरुको जिजिविषा कहिलै नेतृत्वको प्राथमिकतामा नपर्ने पद्धतिको विकास हुँदै गयो । 
मानव अधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम गर्ने कुरा राज्यको नीतिगत व्यवस्थामा छ । तर आज कुन विधिको शासन कायम भएको छ यहाँ ? के विधिको शासन कायम भएको मुलुकमा किशोरी महिला बालिकाहरु असुरक्षित हुनुपर्ने हो ? के विधिको शासन कायम भएको उत्पीडितहरु राज्यको उपेक्षामा परिरहनु पर्ने हो ? सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम निष्पक्ष पारदर्शी भ्रष्ट्रचारमुक्त जनउत्तरदायी र सहभागितामुलक बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्ने नीतिगत व्यवस्था नेतृत्वले कहा लागू गरेको छ ? 

 बैदेशिक श्रमलाई शोषणमुक्त बनाउने राज्यको नीति छ तर सयौ युवाहरु विदेशमा हन्डर र यातना भोगिरहेका समाचारहरु सञ्चारजगतमा छरपष्ट छन । उत्पीडित पिछडिएको क्षेत्रका नागरिकको संरक्षण उत्थान सशक्तीकरण विकास र आधारभूत आवश्यकता परिपूर्तिका अवसर र लाभका लागि विशेष व्यवस्था गर्ने राज्यको नीतिमा उल्लेख गरिएको छ । तर नीतिमा उल्लेख गरिए अनुसार राज्यसत्ता सञ्चालन गर्ने नेतृत्वहरुले निमुखाहरुलाई लक्षित गरी कार्यक्रमहरु न हिजो सञ्चालन गरे न आज गर्ने छाट देखाए । 

नीति अनुसार नेतृत्वले आफूलाई परिवर्तित अवस्थामा अगाडी बढाउने अभ्यास नगरेको हुनाले नै हुदाखाने र हुनेखानेबीचको खाडल झनझन बढिरहेको छ । हुनेखाने र हुदाखानेबीचको खाडल जबसम्म पुरिन्न तबसम्म समृद्धिको सपना सपना मात्र बन्ने पक्का नै छ । जुन जोगी आएपनि कानै चिरिएको भन्ने नेपाली उखान आज चरितार्थ हुदैछ । नीति विर्सिएको नेतृत्वले न दलितका समस्या सुन्छ न मजदुरका समस्या सुन्छ न किसानका समस्या सुन्छ न सिमान्तकृत समुदायका समस्या सुन्छ न बेपत्ता पारिएका परिवारका समस्या सुन्छ न भूमिहिन सुकुम्बासीका समस्या सुन्छ न भरियाका समस्या सुन्छ न ठेला चलाउनेहरुका समस्या सुन्छ कसैको समस्या सुन्दैन र सुन्न पनि खोज्दैन । 

समृद्धि र विकासका तानावाना भाषणमा सिमित बनाउन व्यस्त नेतृृत्वले जनजीविकाका सवाल कहिलै आवश्यक ठान्दैन । आफ्नै उपकार र भलाइमा समृद्धि देख्नेहरुले निमुखाहरुको समस्या प्राथमिकतामा कहिलै पार्दैनन । खोक्रो जनमुखी भएर आफूलाई विलक्षणकारी नेतृत्व ठान्नेहरु जमात निकै ठूलो छ । कहिले शान्ती प्रक्रिया व्यवस्थित गर्नु छ भनेर जनतालाई पर्खाइयो कहिले राज्य व्यवस्था नै पुनसंरचना गर्नुपर्छ भनेर जनतालाई लडाइयो कहिले दुईतिहाई जनमत भयो भने विकास र समृद्धि हुन्छ भनेर जनतालाई अलमलाउने काम भयो ।

विभिन्न समयमा जनताप्रति गरिएका बाचाहरुलाई जनताहरुले पत्याउदै गए र साथ पनि दिदै गए तर विडम्बना आज जनस्तरको अवस्था खस्कदैछ निमुखाहरु हातमुख जोर्न भौतारिरहेका छन । यो सब नीति विर्सिएका नेतृत्वहरुले उल्टो बाटो हिडेका कारणले भएको हो । कमजोरी हामीमा पनि छ । निति विर्सिने नेतृत्वहरुले जहा बोलायो हामी त्यही गयौ । उनीहरुले जे भन्दा पनि पनि ताली पिटेर हौसाउने काम गरिरहयौ । पटकपटक राज्यसत्ताको नेतृत्वमा गएर निमुखाहरुको लागि काम नगर्नेलाई फेरीपनि हामीले नै मत दिएर सत्तामा पुर्याउने गल्ती गरिरहयौ । 

नेतृत्वले हुदाखानेहरुको समस्यालाई प्राथमिकतामा नपारेको थाहा पाएर पनि हामीले मत बदल्ने अठोट कहिलै गरेनौ । मिठामिठा सपनाहरु देखाउदा हामी लठ्ठ पर्नेहरुले मत बदलेर अवस्था परिवर्तनका लागि मौका दिने अभियानबाट हामी चुकेको हुनाले नै निति विर्सिने नेतृत्वहरुले अवसर पाइराखेका हुन भन्ने कुरालाई गहिरोगरी मनन गर्ने दिन नजिक आएको छ ।

चुनावको समयमा मात्र विकास र समृद्धिको मौसमी नाटक मन्चन गर्ने तिब्र प्रवृत्तिलाई अब जनस्तरबाट बहिस्कार गर्ने नचलाउने हो निम्नवर्गीयहरुको दुख र समस्या यथावत रहिरहन्छन ।  हुदाखाने नागरिकको समस्यालाई ओझेलमा पार्ने नीतिलाई कुल्चिएर सधै उल्टो गतिमा हिडने नेतृत्वबाट समृद्धिको आसा गर्नु मनको लड्डु घिउसँग खानु जस्तै हो । त्यसैले महिला दलित सिमान्तकृत समाजमा उत्पीडनको पीडामा पिल्सीएका जनताको समस्यालाई मुख्य समस्या मान्ने नेतृत्व अबको आवश्यकता भएको छ । त्यसतो नेतृत्व स्वतन्त्र होस या कुनै दलविशेषको होस त्यससँग सरोकार रहदैन । हुदाखाने जनताको आवाज जसले बोल्छ त्यससँग हामीले सरोकार राख्नु पर्छ र हाम्रो मत बदल्न तयार हुनु पर्दछ । कोरोनाकालमा मलर सदाहरु खान नपाएर मरे राधा सदाहरु भोक भोकै तडपिए यसलाई हामीले भुलियौ भने सर्वहारा जनताको समस्या प्राथमिकतामा पर्दैनन । ०००