औपनिवेशिक मनस्थितिलाई भारतीय राष्ट्रिय चरित्र बनाएकै कारण भारतका जन्मदाता भनिने महात्मा गान्धीको पनि हत्या भएको हो – आफ्नै देशको नागरिकबाट । सिख आत्मसम्मानको इज्जत गर्न नजानेको कारण एउटा स्वाभीमानी सिखले इन्दिरा गान्धीको हत्या गर्‍यो । छिमेकी देशमा विग्रह फैलाई उसको विखण्डन गर्ने कार्य असफल हुँदा एक तामिलको झाप्पु मात्रै होइन, एक तामील महिलाको आत्मघाती हत्याको सिकार पनि हुनु पर्‍यो राजीव गान्धीले । 

पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउन भारत समर्थ त भयो तर खै त बंगलादेशीहरुको मन जित्न सकेको भारतले ? मोदी बंगलादेश पुग्दा जुन विरोध भयो त्यसको नियन्त्रण गर्न खोज्दा प्रदर्शनकारी मारिए । यसले के सन्देश दियो ?  

२०१७ सालदेखि २०७२ सालसम्म आफ्नो देशले भनेअनुरुप संविधान नभएको कारण भारतले नेपालमाथि पटक पटक आर्थिक नाकाबन्दी लगायो, विशाल नेपाल र सानो नेपालको लाखौं वर्गमिटर जमिन अतिक्रमण गरिरहेको छ  जसको फलस्वरुप हरेक राष्ट्रवादी नेपाली भारत विरोधी छन् । 

भुटानको रक्षा र परराष्ट्र आफ्नो नियन्त्रणमा लिइरहेको छ तर अहिले भुटानमा भारत विरोधीहरुको संख्या दिन दुइ गुणा र रात चौगुणाले वढिरहको छ । राष्ट्रवादी प्रधानमंत्रीलाई चुनावमा हराउन भारतले भुटानमाथि पनि अघोषित आर्थिक नाकावन्दी गरेकै हो । भारतको माल्दिभ्समाथिको हस्तक्षेपलाई चुनौति दिंदै किन चिनिया युध्दपोत माल्दिभ्सको सुरक्षार्थ माल्दिभी समुद्रि इलाकामा पुग्यो ? 

 अति कट्टर हिन्दुवादीहरुको सरकार भएको कारण भारतभित्रका मुसलमानहरु आतंकित छन् । त्यहाँका क्रिश्चियनहरुमा अधैर्य बढिरहेको छ । धनी दक्षिणले गरिब उत्तर (उत्तरप्रदेश, विहार) लाई किन पाल्ने भन्ने क्षेत्रीयतावाद विस्तारै भारतमा फैलिँदैछ । कास्मिरको सिमित स्वतन्त्रतालाई भारतले खारेज गरेपछि केन्द्रीय सरकारसँग उनीहरु क्रुद्ध छन् । सिखहरु पुनः स्वतन्त्र खालिस्तानको अभियान छेड्न त्यसका लागि आवश्यक अर्थ संकलन गर्न ब्यस्त छन् । दार्जिलिङ अशान्त छ । 

सिक्किमले भारतले झुक्कायर आफ्नो स्वतन्त्रता हडपेको रहेछ भन्ने उनीहरुमा अहिले वल्ल चेतना आइरहेको छ । भारतीय उच्च अदालतले गरेको फैसला अनुसार अव भारतका अरु राज्यका नागरिकहरुले सिक्किममा घरजग्गा किन्न पाउने भएपछि अव सिक्किमेहरु सिक्किममै अल्पमतमा पर्दैछन । त्यहा भारतको विरोध भुसको आगो जस्तै फैलिदैछ । 

 सन १९६२ मा चीनसँग भएको युद्धमा नराम्ररी हार ब्यहोरेको कारण भारत त्यसको बदला कसरी लिने भन्ने सोचमा छ । हिजो सोभियत संघसँग सैनिक सम्झौता गरी त्यसको बलमा पाकिस्तान विखण्डन गरी स्वतन्त्र बंगलादेश बनाएको भारत, सिक्किम खाने भारत अब अमेरिकातिर ढल्किइ उसैको सहयोग आफूलाई चीन बराबरीको आणविक शक्ति बनाउनमा लागि परेको छ र चीनलाई टुक्राउने अमेरिकी रणनीतिमा राम्रै लागि परेको छ । यसको सुक्ष्म विश्लेषण चीनले पनि राम्रै गरिरहेको छ । अमेरिकी नेतृत्वमा रहेको इण्डोपेसिफिक रणनीतिको पक्षधर भएकै कारण भारतले त्यसको बलमा नेपालको ब्यास क्षेत्र र पाकिस्तान नियन्त्रित कास्मिरलाई आफ्नो भूराजनीतिक नक्सामा गाभ्यो । अब भारत एकापट्टी र अर्कोपट्टि चीन, पाकिस्तान, श्रीलंका, माल्दिभ्स भुटान र नेपाल हुने स्थिति आफै सिर्जना भएको छ । युक्रेन युध्दको कारण अव रुस चीनको खेमामा नआई सुखै छैन । अव भारतलाई आफ्नै भौगोलिक अखण्डता जोगाउन मुस्किल छ, छिमेकीहरुबाट एक्लिँदै विखण्डनतर्फ मात्रै गइरहेको छैन वल्की महात्मा गान्धी, इन्दिरा गान्धी, राजिव गान्धी पछि अव नरेन्द्र मोदिको पालो आएको जस्तो छ । उनी भारतीय नेपालीकै शिकार हुन वेर छैन । गोरखाको रगत कुनै सिख, तामिल र मुशलमान भन्दा कम जोशिलो होला र ?