चैत्र १० काठमाडौं ।

 भ्रष्ट्रचारीहरुको भन्डाफोर गर्ने अभियान देशव्यापी बनाउछौं : महासचिव गोविन्द गिरी

मुलुकको सबैभन्दा ठूलो रोग नै भ्रष्ट्रचार भएको हुनाले हाम्रो पार्टीको पहिलो अभियान नै भ्रष्टचारीहरुको देशव्यापी भन्डाफोर अभियान चलाउने कार्यक्रम रहेको राष्ट्रिय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरीले बताएका छन । पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिवले सो कुरा बताएका हुन । राष्ट्रिय मातृभूमि पार्टी निर्विकल्प राजनैतिक दलको रुपमा स्थापित भएको पार्टी हो पार्टीको पहिलो काम नै जनताको घरघरमा पुगेर भ्रष्ट्रचारी घुसखोरी काम गर्दै राजनीतिलाई कमाइखाने साधनका रुपमा लिनेहरुको भन्डाफोर गर्ने अभियान रहेको महासचिव गिरीको भनाई थियो । 

जनकल्याणकारी राज्य व्यवस्था निमार्ण गर्ने महान अभियानमा हामी जुटेका छौं भौगोलिक अखन्डता स्वाधिनता र राष्ट्रिय एकतालाई शिरमा राखेर जनस्तरका साना भन्दा साना समस्याहरुको निराकरण गर्ने हाम्रो काम देश व्यापी बनाउछौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष रामशरण पान्डेको उद्घोष थियो । हाम्रो पार्टी काममा विश्वास गर्छ गाउगाउमा उत्पादनलाई प्रमुखता दिदै युवामैत्री अर्गानिक उत्पादन हाम्रो चाहाना हो अध्यक्ष पान्डेको भनाइ थियो । मुलुकको माटो जोगाउने सिमा अतिक्रमणका विरुद्धमा खरो उत्रिने एकमात्र शक्ती भनेको राष्ट्रिय मातृभूमि पार्टी भएको हुनाले सोही अनुसार हाम्रा अभियानहरु देशव्यापी बनाउदै लैजाने कुरा अध्यक्ष पान्डेले राखेका थिए । 

कार्यक्रममा पार्टीका जिल्ला कार्यसमिति पदाधिकारी केन्द्रीय स्तरका नेताहरुले पनि आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सुशासनको पक्षपोषण गर्ने पहिलो राजनैतिक शक्तिको रुपमा राष्ट्रिय मातृभूमि पार्टी रहेको हुनाले पार्टीले सुशासन र समृद्धिका निम्ती देशैभरी अभियान चलाउनुपर्नेमा सबैले जोड दिएका थिए । होली पर्वको अवसरमा जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना पार्टी केन्द्रीय कार्यालयमा गरेको थियो । कार्यक्रममा पार्टी संगठनका प्रमुखहरु पार्टीका विभाग प्रमुखहरु कार्यसमिति सदस्यहरु विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्व तथा राष्ट्रपे्रमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।