परीक्षा कोइराला, काठमाडौं – लाग्छ  जीवन अनुभव हो , हो अनुभूति पनि। मलाई यात्रा भनेपछि यसै रमाइलो लाग्छ यद्यपि यात्रामा कतिपय समय संकट व्यहोर्न पर्छ पनि।
सन्दर्भ मिल्यो लामो समय अमेरीका नेपाल गर्दै आएका लेखक, गायक, संगीतकार हिरण्य भोजपुरे र गायिका उर्मिला श्रेष्ठसँग  (श्रीमती भोजपुरे) भेट्ने कुरा आए।  नेपाल सरकारको सचिव सम्म भएकी उर्मिला विशिष्ट  गायक हुन्।  भोजपुरे दम्पति  सन्तान कारणका अमेरीका आउने जाने गर्छन्। नेपालमा जब आउछन् उनीहरु गीत, संगीत साधनमा लाग्छन्। भोजपुरेको हासो प्रसिद्ध छ। दुई घण्टाको बसाई हाम्रो बिहानको, भोजपुरे त्यही प्रसन्न मुद्रामा प्रस्तुत भए। 
हिरण्य भोजपुरको जीवन संघर्षपूर्ण र रमाइलो पनि छ। उनले २०१८ सालमा एस एल सी पछि काठमाडौमा आई एस्सी पढ्दै थिए। आई एस्सीमा असफल भएपछि कवि, भावुक हृदयका उनी विज्ञान पढाइलाई परित्याग गरेर पिताको जागिरथलोतिर पितालाई पछ्याउदै हेटौडा पुगे। उनले त्यसबेला भन्ज्यांग, चौतारी र गाउबेसी देखे।  हेटौडामा फाटिलो, फराकिलो, रमाइलो र विशाल फाट देखे।  परपरसम्मको हिमाल, पहाड, बादल, कुहिरो हेरे। प्रकृति यताउता चारैतिर सुन्दरता पाए। सुन्दर जन्मस्थल र हेटौडाका अनेक सुन्दर, रमणीय, अलौकिक अनुभूति नै उनका साहित्य, सङ्गीत र कला क्षेत्रका प्रेरणा बने। त्यहाको प्राकृतिकताले उनलाई आफ्नो जन्मस्थल भोजपुरप्रति  ममता अझ जगायो र उनले आफ्नो नाउ  हिरण्य भोजपुरे बनाए।
हिरण्य भोजपुरेको एक रचना 

मलाई प्यारो लाग्छ 
मलाई राम्रो लाग्छ     
लहरा पहरा छहराको देश 
परिपरि हिमाल उडिरहने 
बादलुको केश , मेरो देश 
  
उनले उत्कृष्ट गीतको रचना भीमफेदी मै गरे। हिरण्यले गीत लेखे।  सङ्गीत भरे र गाए गीत पनि। गाउदा गाउदै उत्कृष्ट गायक बने। उनले कविता, कथा, उपन्यास, निबन्ध लेखे। अनि प्रसिद्ध साहित्यकार बने। हिरण्यप्रसाद श्रेष्ठ यसरी नै हिरण्य भोजपुरे भनेर चिनिए।  नेपाली साहित्य र संगीतको बाङ्गमयमा नेपाल प्रसिद्ध भने।  
 भोजपुरेसँगै गायिका उर्मिला श्रेष्ठसँग ज्ञानबर्द्धक ,व्यवहारिक कुरा हुन्छ। उर्मिला श्रेष्ठ सरकारको सचिव सम्म बनेकी, लोकसेवाको माननीय सदस्य पनि। उनीलाई विशिष्ट गायिका जमानाले मानेको , चिनेको। अझै पनि गीतत गुनगुनाउने, संगीतको तालमा गीतमा रमाउने।  उर्मिला दिदीसँगै म त्यसै त्यसै झ्यामिए, कति रसिक लग्यो। रमाइलो कुरा त के भने उहाहरुको सँगै गायन पछि प्रेम विवाह भएको रहेछ। कति प्रभावकारी व्यक्ति ,अति सुखद वृद्धकाल। 
हामीसँग रत्न रेकडिङ्गका श्याम थापासँग कुरा भए। उनले नेपाल टेलिभिजनमा विभिन्न प्रतिष्ठित कलाकारसँग  काम गरे, अनुभवी व्यक्तित्व। उनीसँग रमाइलो र प्रेरक कुरा भए। ईश्वर थापालाई पारिजात अनलाईनको लागि शुभकामना। बधाई त छ नै आर्शिवाद पनि भोजपुरे दम्पतीबाट। 

यात्राको क्रममा सुनाकोठी  ठेचोबाट चापागाउ लेले हुदै भरदेउ ईश्वर दाईको निजी गाडीमा पुग्यौ। ट्रिपर, ट्रक हिडेर बाटो बिगारेकाले रोक्किदै, घच्याक घुचुक गर्दै यात्रा अगाडी बढ्यो। ठेकेदार र कर्मचारीको लापार्वाही र कमाउधन्दाले बाटो धुलो र जाम भएको थियो। बैशाखको प्रचण्ड घाममा झ्याल बन्द गरेर यात्रा गर्नाले उकुसमुकुस भयो। हरियो डाडा मासेर सम्माएकोले डाडा कुरुप देखियो।  यसो भएमा काठमाडौबाट गाउमा प्राकृतिक दृश्यावलोकन गर्ने आउनुको के औचित्य ?
बेलाबेलामा बाटोमा खेतमा गोडमेल गरिरहेका किसान, मकैको रोपाई,अर्गानिक च्याउ खेती गरिरहेका दृश्य र गाइवस्तुको चरिरहेका पुरुषहरु देखिए, जुन शहरमा अहिले देख्न प्राय सम्भव छैन । हामी कुन्ज्योसोम गाउपालिका, चौधरे, ललितपुर सम्म गाडीमा पुग्यौ। यो हेटौडासम्म पुग्ने बाटो भनिएको, कहिले पुग्ला। भोकले चुर भइयो। बीचमा एसेलु टिप्यौ।  ठोट्नेको अचार बनाउने पात टिपे। अत कोइलीको कुहु,  कुहु आवाजले मन उल्लसित भयो। ओरालो लाग्दा चाही यात्रा केही सहज भयो  र लेले हुदै चापगाउ पुग्दा नै तिर्खा र भोक लागिसकेको थियो । खाजामा ईश्वर र श्याम दाईले ल्याएको माटाकोको दहीले शरीरमा फुर्ति महसुस भयो ,मन प्रशन्न भयो र खाजा खाई घर तर्फा इश्वर थापाको गाडीमा  बत्तियौ ।
यसै पनि समय ३ बजेको। निवासमा आइपुग्दा हिरण्य भोजपुरेले दिएको उपहार पल्टाए। ती मेरा लागि अध्ययनका खुराक भए , जो पछि लेख्ने नै छु। आज यति भनौ (हिरण्य, भोजपुरे, गणेश रसिक, उर्मिला, निर्मिला 
रातो भाले क्वाक क्वाक सुत्केरीलाई ख्वाए 
सुत्केरीको नाम गरी टाउको मैले खाए आदि। 
उर्मिला दिदीको २० वर्ष अधिको ब्रेस्ट क्यान्सरको कुराले शिक्षा दियो, मनोबल ठुलो कुरा रहेछ। 
यात्रा सुखद होस् वा अप्ठ्यारो, यात्रा गर्ने क्रममा बाटो बिग्रेर वा अन्य कारणले दुख पनि हुन सक्छ। तर यात्राको मुख्य उद्देश्य भनेको विभिन्न अनुभव बटुल्नु हो जुन हरेकको पृथक हुन्छ । यसबाट हामीले अनुभव, अनुभूति र दृश्यावलोकन गर्दा मस्तिष्कमा छिट्टै गहिरो चाप छोड्छ। यात्रा नगर्नेले जीवन, विभिन्न देश भित्रका भाषा, संस्कृति, मान्छेको रहनसहन बुझ्न सक्दैन । जीवन एक अविरल यात्रा हो । यसबाट संकलित अनुभव नै मानिसको अमुल्य सम्पति हो । अनुभवी मानिसले समाज, राष्ट्रलाई समेत योगदान गर्न सक्छन् । बेलाबेलामा समय मिलाएर यात्रा गर्नु शारीरिक साथै मानसिक स्वास्थ्यकोलागि अपरिहार्य छ।