परीक्षा कोइराला काठमाडौं – २०८० सालको नव वर्षमा नयाँ  ठाउँ घुम्न जान मन लाग्यो । कहिल्यै घुम्न जान फुर्सत नहुने श्रीमानले पनि यसपाली  तनहुँ  जिल्ला , बन्दिपुर घुम्न जानेमा उत्साहित हुनुभयो। पोखरा जादा धेरै पटक बन्दिपुरको नाम सुनेता पनि यस पाली जान जुर्यो।


काठमाडौँबाट बाहिर जादै गर्दाको वातावरण हरियो पहाड, शितल हावाले, त्रिशुलीको बहाव, नाउ (यापतिङ्ग, त्रिशुली कहिले सडक कहिले हेर्दै गर्दा म त झकाएछु। श्रीमानको आवाज तिमी कति सुत्न सकेको बसमाू ले म एकाक्सी कुरिङ्टार मनोकामनामा ब्युझे। म आनन्दित भएर प्रकृतिको काखमा निदाएछु। यात्रा  भिड भाडबाट शुरु भयो र त्यहा पाच जना विदेशी पर्यटक पनि थिए। रमणीय स्थल कुरिङ्टारमा खाना संगै त्रिशुली नदीको अवलोकन गर्दाको अनुभव नौलो रहयो। हामी भन्दा पनि   विदेशी पर्यटकहरुले हाम्रो देशको प्राकृतिक सौन्दर्यताले प्रफुल्ल भएका देखिन्थे।  मुग्लिङ्ग (चितवन), पुगेपछि बस पोखरा पश्चिम तिर मोडियो। अबुखैरेनी , मर्स्याङ्दी नदि हुदै बन्दीपुर जाने बाटो डुम्रेमा टुंगियो। 


हामी जस्तै अन्तरिक पर्यटकहरु मिलेर बन्दिपुरको लागि प्रस्थान गर्यौ ,जुन ८ कि मि को सहज यात्रा थियो। बन्दीपुर नेपालको गण्डकी प्रदेशमा पर्ने तनहु जिल्लाको अति रमणीय स्थल रहेछ। कुल क्षेत्रफल १०२ वर्ग कि मि मा फैलिएको बन्दीपुरमा मगर , नेवार , तामाङ्, बाहुन आदि जातिको बाहुल्यताको साथै अरु जातिको पनि बसोबास रहेछ। 


हामी बन्दीपुरमा नया हुनाले बसेको होटेलको व्यस्थापकलाई घुम्न जान सकिने ठाउँको बारेमा सोध्यौ। पुरानो बन्दीपुर बजारले त् हामी लाई पाल्पाको बजारको झझल्को दिलायो। हामीले बजारको बीचमा रहेको बिन्दबासिनी मन्दिरको दर्शन गर्यौ। नेवार जातिका समुदायहरुले आफ्नो मौलिक पहिरन हाकु पटासी सहित बाजा गाजा लाखे नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरेको देख्यौ। नव वर्षको मौका परेर अन्तरिक तथा बहय पर्यटकलाई आकर्षित गर्न बिभिन्न समुदायले आफ्नै  कला , संस्कृतिलाई उजागर गर्दै नया रौनक थपिरहेका थिए। आफ्नो देश, आफ्नो सस्कृति , परम्परा जन्मस्थानको सबैलाई गौरव र माया लाग्दो रहेछ। 


नया बर्सको दिन बन्दीपुर पुरानो र नया बजारमा पशुपतिको शिवरात्रीमा जत्तिकै भीड थियो।  हामी पनि खुशी हुदै अन्य पर्यटक सँग मजा लिदै नाचिरहयौ।  त्यसै अवसरमा तामांङ्, मगर समुदायको सस्कृति , रीतिरिवाज , पहिरन र नाचगानले रौनक थपेका थिए। बन्दीपुर बजार देखि दश मिनेट पर रहेको टुडिखेलबाट धुम्मिएको वातावरणले कुनै हिम शृंखला देखिएनन् , न त कुनै पहाड वा पहाडका फाटहरु।  वातावरण सफा भएको अवस्थामा उत्तरतिर हाम्रो हिम शृंखला हासीरहेको देखिन्थे रे तर वातावरण प्रदुशंको कारणले हामीले केही देख्न सकेनौ।  मन खिन्न भयो। जलवायु प्रदुषणले त विश्वका लागि चुनौती खडा गरेको छ। म बसेको होटेलमा एक विदेशी पर्यटकको भनाइ काठमाडौँ निकै प्रदुषित छ, जीवन फस्ट फेजमा चल्छ, त्यसैले गाउले रमणीय जीवनको खोजीमा बन्दीपुर आएको हो। राती नया वर्षको अवसरमा तनहु उद्योग वाणीज्य संघ बन्दीपुर बजार एकाइ बन्दीपुर पर्यटन विकास समिति , क्षेत्रिय होटेल संघ , रेवन तनहुको संयुक्त आयोजनमा खान महोत्सव भएको थियो। ूसडकमा  खायौ, रमायौ , अन्तरिक तथा बाह्रय पर्यटक प्रवर्धन गरौ भन्ने उदेश्य खाना महोत्सवको थियो। मैले हाम्रो देशको मानिसहरुले पनि रमाइलो गर्ने , जीवनमा रमाउने बानी बढेको महसुस गरे।  बाह्रय पर्यटक भन्दा अन्तरिक पर्यटकको घुइचो बढी थियो। 


हामीले योजनाबद्ध रुपमा बन्दिपुरको तीनधारा अवलोकन गर्यौ। तीनधारा नेपालको पुरानो पाचवटा दुङ्गे धारा रहेछ। यो बन्दिपुरको खानेपानी आपुर्ति गर्ने पुरानो र मुख्य स्रोत रहेछ। त्यसपछि हामी खड्ग देवीको मन्दिर दर्शन गर्न गयौ। त्यहा भेट भएका एक स्थानीयले बताए ूखड्ग देवी मन्दिर दशैको नवरात्रीमा मात्र खुल्छ र सेन राजाको तरवारलाई खड्ग देवी मानेर पुजा गरिएको हो। ू त्यसपछि गुम्बा जान भनेर लागेको बाटो भुलेर आडबान्चर क्याप पुगियो जुन पहाडको सबैभन्दा टुप्पोमा रहेछ। त्यहा धेरै तयारी अवस्थामा क्यापहरु थिए। यदि वातावरण खुल्ला भएको भए त्यहाबाट देब्रेपट्टि अन्नपूर्ण र धौलागिरि हिमाल , अगाडी मनास्लु र हिमचुली र दहिनेमा गणेश र लाङ्टाङ् हिमाल देखिने रहेछ। हामीलाई त्यहाको वातावरणले मन्त्रमुग्ध बनायो र अतुलनीय शान्ति दियो। त्यहीबाट बन्दै गरेको भियु टावर र केवल कार टर्मिनल देखियो।  दशै  सम्ममा केवल कार संचालनमा आउने रहेछ। यसले अझ बढी पर्यटकलाई आकर्षित गर्ने उदेश्य लिएको छ। 


  सिद्ध गुफा जाने योजना भए पनि यस पटक पुरा भएन।  एक स्थ्नियाले सिद्ध गुफा जान डेढ घण्टा लाग्ने बताए। एक स्थानीयको घरबाट स्यालले कुखुरालाई चोरेकोले लखेट्दा गुफसम्म पुगेर पत्ता लागेको बताए।  भनिन्छ यो नेपालको सबैभन्दा ठुलो गुफा हो।  गुफा हेर्ने कौतुहलता हामीमा स्वाभाविक नै हो तर यसपाली जुरेन। अर्को स्थानीयको भनाइ छ ( ूगुफालाई आफुले जुन कल्पना गरेर हेर्छौ , त्यही देखछौ। ूथकालीको खानको कुरा गर्दा सबै ठाउमा झै त्यहा पनि नेपालको मौलिक खानाको स्तर खस्किएको रहेछ।  केहि बेरको आराम पछि थानीमाई मन्दिरको  जान  अग्लो उकालो चढायौ। उकालो चढ्ने बानी नभएकोले आराम गर्दै एक घन्टामा टुप्पोको थानीमाईको मन्दिर पुग्यौ।  थानीमाईमा एक हुल जर्मनी पर्यटकले गाइड  बाट त्यहाको संस्कृतिक महत्व बुझ्दै गरेको देखियो। त्यहाबाट सुर्योदय र सुर्यास्थ राम्ररी देखिन्छ। 

काठमाडौँ फर्कने दिन होटेलबाट अन्य पर्यटकसंग बन्दिपुरबाट डुम्रे आयौ। गर्मी बेला पहाडतिर डढेलो लाग्ने हुनाले वातावरण धमिलो, गन्ध पिरो थियो। यात्रा एक आ ( आफ्नो अनुभूति हो। लोकल बस चढेर काठमाडौँ तर्फ लाग्यौ। बसबाट बाहिरी दृश्य अवलोकन गर्दै( मार्स्यांदी नदि हुदै अबुखैरेनी , बेनिटार , मुग्लिङ् पुगियो। लोकल गाडीले जीउ थरर हुने गरी हिक्यायो। मेरो नजर त्रिशुली नदीमा बगिरहेरो छालमा पुगिरह्रयो। लाग्यो , हाम्रो जीवन पनि यस्तै हो , निरन्तर बगिरहन्छ , चलिरहन्छ।  त्यसपछि नौबिसे , धदिङ्, नागढुंगा हुदै काठमाडौँ प्रवेश गरियो।  उही काठमाडौँ फोहोर , काकाकुल शहर, प्रदुषित।  उही नित्य चर्या ( भाग दौड।