योगेन्द्रकुमार पौडल, काठमाडौं – अधिकाँस मानिस आफ्नो जीवनको मूल्य आफै थाहा पाउन सक्दैनन् । कस्तुरीको आफैसँग बिना हुन्छ । उसको बिनाको मूल्य कति पर्छ भन्ने जानकारी पाउदैन । अधिकांश मानिसले पनि आफ्नो मूल्य आफै थाहा पाउन सक्दैनन् । कुनै पनि मानिसले आफ्नो खुवी जन्मजातै लिएर आएको भन्ने हुदैन । उसले जन्मे पछि नै आफ्ना कृयाकलापका माध्यमबाट समाजमा आफ्नो खुवी प्रस्तुत गर्दै जाने हो । जीवनमा सबैभन्दा पहिले आफ्नो जीवनको मूल्य के हो भन्ने बुझ्न सक्नु पर्दछ । मानिसले आफ्नो व्यक्तिगत मूल्य बुझन नसक्दा अप्ठेरो पर्दा हतोत्साही बन्न सक्छ । आफ्नो  मूल्य बुझ्न सक्नेले जीवनमा सही दिसा लिन सक्छ । जीवनलाई सार्थक पार्ने गरी क्यारियर बनाउन सक्छ । कहिले काहि महत्वपूर्ण निर्णय लिनु पर्दा पनि अल्मलिदैन । ठोस निर्णय लिन सक्छ । निरन्तर मिहिनेत र कडा परिश्रम गरी आशातित उचाइमा पुग्न सक्छ । व्यक्तिगत मूल्य बुझ्न सक्ने केही उपाय निम्न बमोजिम हुन सक्छ । 


महत्वपूर्ण कार्यको सूची बनाउने ।


मानिसका आआफ्नो रुची हुन्छ । रुचीका विभिन्न क्षेत्र हुन सक्छन् । सबैभन्दा महत्वपुर्ण ठानेका केहि क्षेत्र र विषयको सर्वप्रथम सूची बनाउनु पर्दछ । रुचीका महत्वपूर्ण विषयहरुको सूची बनाउदा कसैले गर्न नसकेका तर आफुले गर्न सक्छु भन्ने लागेका विषय पनि हुन सक्छन् । यस्ता विषय वैज्ञानिक आविष्कार, समाज सेवा, असल चिकित्सक वा अन्य विषयको प्राविधिज्ञ बन्ने, सृजनाशिलता कार्य गर्ने, परिवार, जलचर, पशुपन्छी आदिका क्षेत्र पनि हुन सक्छ । 


छानिएका केही व्यक्तिगत मूल्यलाई सूचीवद्ध गरौं ।


आफुले छानेका व्यक्तिगत मूल्यका सूची क्रमशः लेख्नुस् । पहिलो नम्बरमा आफुले सबैभन्दा महत्व दिएको विषय राख्नोस । त्यसपछि क्रमशः अन्य विषय राख्नुस । समयको परिवर्तनसँगै यसरी क्रमशः राखिएका सूचीमा पनि तलमाथि हुन सक्छ । तपाईले सधै केहीन केही सिकिरहनु भएको भए आफ्नो ज्ञानको क्षेत्र विस्तारका क्रममा सूचीको रोल क्रममा पनि तल माथि हुन सक्छ । 


राम्रा संगत योग्य मानिसको सुची


आफ्नो रुचीसँग सम्बन्धित विषयका विज्ञ, लव्ध प्रतिष्ठित व्यक्तिहरुमध्ये केही व्यक्तिको नाम, ठेगाना आदिको विवरण संकलन गर्नु पर्दछ । संगितज्ञ, कलाकार, असल राजतीतिज्ञ, बैज्ञानिक, समाजसेवी, विविध विषयका विज्ञ आदि जुनसुकै क्षेत्रका पनि हुन सक्छ । त्यस्ता मानिसको छनौट गर्दा आफुले मन पराउने विषय के हो भन्ने मनमा राख्नु पर्दछ । यसको उत्तर मानिसहरुले उसको प्रशंसा किन गर्छन भन्ने पक्ष हो । यसले तपाईको मूल्य निर्धारण गर्न मद्दत गर्दछ । 


कस्तो बन्न चाहने सूची बनाउने 


आफु भविष्यमा के र कस्तो बन्न चाहन्छु भन्ने विषयको सूची बनाउन रोज्नु पर्दछ । यसरी बनाइने सूचि लामो हुन सक्छ । आफ्नो कृयाशीलता र चाहनाका धेरै विषय छान्दा गन्तव्यमा पुग्न सक्ने क्षमता समय अवधि आदिको पनि विश्लेषण गरेर निश्कर्ष निकाल्नु पर्दछ । विषय छान्दा जीवनमा सबै भन्दा पहिले के कुरा पूरा गर्छु भन्ने मनमा लागेकोछ । त्यहि विषयलाई प्रथमिकता दिनु पर्दछ । के गर्न सक्छ, के कुरा गर्न समयानुकुल होला, के वन्न चाहन्छु, के कुराको अनुभव गर्न चाहन्छु, आफ्नो समय कसरी विताउन चाहन्छु, आफ्ना लक्ष्ये र प्ररणाका श्रोत के हुन सक्छन् भन्ने प्रश्नको जवाफ आफै तयार गर्नु पर्दछ । 


महत्वपूर्ण सूचीको प्रथमिकता


इच्छा असंख्य हुन सक्छन् । सबै इच्छा एकै साथ सम्पन्न गर्ने चाहना हुन सक्छ । इच्छा र चाहना हुनु नौलो हैन । चाहना भए पनि सबै विषय एकै साथ एउटै समयमा पूरा गर्न नसकिने हुदा प्राथमिकताको आधारमा क्रमशः कार्य सम्पादन गर्दै जानु पर्दछ । छानिएको सूचीमा आफैले केही समय लगाएर सोच विचार गरेर मात्र छनौट गर्नुपर्दछ । यसरी छनौट गर्दा सबै भन्दा महत्वपूर्ण एउटा मार्थ छान्नु उपयुक्त हुन्छ । वरालिने अवस्था आउनु हुदैन । 


जेष्ठ नागरिकबाट अनुभव गर्नुस्


आफुले सम्पादन गर्ने महत्वपूर्ण छनौटका विषय पूरा गर्ने कार्यको आबधि किटान गर्नुपर्दछ । तोकिएको समयमा त्यस्ता कार्यको सम्पादन गर्न सकिए नसकिएकोबाट पाठ लिनुपर्दछ । योजना बनाउँदा ६० देखि १०० बर्ष सम्मको अवधि र क्रियाशीलताको पनि अनुमान गर्नोस । तपाई सहभागी भएका विभिन्न समारोहमा तपाईको जीवनशैली र तपाईलाई महत्व दिने मानिसको मानसिकताको पनि मूल्याङ्कन त्यस्ता समारोहमा सहभागीले पनि प्रतिक्रिया दिन सक्छन् । सार्वजनिक सम्बोधनले तपाईलाई भविष्यमा कस्तो जीवन बिताउने जस्ता विषयमा प्रेरणा दिन सक्छ । कस्ता मानिसले मेरो के कुरालाई महत्व दिए । के के मेरो योगदानको प्रशंसा गरे । उनीहरुको अभिव्यक्ति कस्तो रहन सक्यो । मैले उनीहरुको जीवनको कुन क्षेत्रलाई प्रभाव पारेको रहेछु । मैले जीवनमा के कुरा पुरा गरेको रहेछु । आफ्नो मूल्याङ्कन आफै गर्न सकिन्छ ।