काठमाडौं ।
शिक्षक सेवा आयोगले यही मिति २०८० फागुन २ गते निम्न माध्यामिक तहमा खुल्ला शिक्षक पदको दरखास्त खुलाएको थियो । शिक्षक सेवा आयोगले क्रमश माध्यामिक निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त खुलाएको हो । माध्यामिक तहको यही चैत्र ३ गते प्रथम पत्रको परीक्षा हुन गइरहेको छ भने निम्नमाध्यामिक तहको दरखास्त संकलन भइरहेको आयोगले जनाएको छ । 

 निमावि खुल्ला शिक्षक पदको दरखास्त दिने समय ३ दिन मात्र बाँकी दोब्बर दस्तुर तिरी ७ दिन बाँकी

आयोगले निम्न माध्यामिक तहको खुल्ला शिक्षक पदमा सातै प्रदेशका लागि विभिन्न विषयगत गरी जम्मा ७ सय ७८ जना शिक्षक माग गरेको छ । शिक्षक पदको दरखास्तका लागि अन्तिम दिन चेत्र १ गते सकिदैछ भने दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म दरखास्त स्वीकृत हुने आयोगले जनाएको छ । दरखास्तका लागि रु ७०० दस्तुर लाग्ने र समावेशी समुहका लागि थप ५०० लाग्ने कुरा पनि आयोगले जनाएको छ । 

निम्नमाध्यामिक तहको लिखित परीक्षा (सामान्य) २०८१ बैशाख ८ गते हुने जनाइएको छ । शिक्षक सेवा आयोगको वेबसाइट https://online.tsc.gov.np मा गई दरखास्त दिन सकिने आयोगको भनाइ छ ।