काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दुइजना डिआइजीको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा समितिको हिजो सोमवारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका भिम प्रसाद ढकाल र प्रहरी एकेडेमीका उमेश राज जोशीको बढुवा सिफारिस गर्ने सुचि प्रकाशित भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै साता भित्र नियमित अवकासमा जाँदैछन् । रिक्त स्थानको लागि ढकाल र जोशीको बढुवा सिफारिस भएको हो । यसै बीच सन्दीप भण्डारीको आजै विदाई कार्याक्रम रहेको छ । मिरा चौधरी बैशाक ६ गतेबाट अवकासमा जाँदैछन् । यसैगरी डिआइजी विकास खनाल पनि अवकासमा जाने भएका छन् । प्रहरी संगठनमा राम्रो छवि बनाएर अगाडि बढेका ढकाल र जोशीको बढुवा सिफारिसले संगठनमा उत्साह थपेको छ ।