शम्सेर क्षेत्री,

सिन्धुपाल्चोक– सडक निर्माण कार्यमा ढिलासुस्ती हुने, तोकिएको समयावधिमा निर्माण नसकिने, गुणस्तरहीन काम हुने र स्टेमिट देखि ने कमिशन र भ्रष्टाचार हुने सरुवा रोगले सिंगै देशलाई थलापरिरहेको पृष्ठ भूमिमा सुनकोसी गाउँपालिका – ३ पुरानो कोटमा सडक निर्माण कार्यले तीव्र गति लिएको छ । 

चेहरे पुरानो कोट सडक वाग्मती प्रदेश सरकारको २५ लाख अनुदानमा निर्माण भइरहेको हो । पुरानोकोट सुनकोसी गाउँपालिकामा निर्माणाधीन सडक निर्माणमा रफ्तार देखिएसँगै स्थानीयबासीहरु धेरै खुसी बनेका छन् । नाला मेसिनरी बाल, नाला ढलानमा गुणस्तरीय कार्य भइरहेको छ । कमसल निर्माण समयावधी थपको माग गर्ने, निर्माण कार्य गर्दागर्दै छोडेर सडक अलपत्र पार्ने जस्ता कुकार्यबाट पाठसिक्दै सुनकोसी गाउँपालिकाले स्थानीय क्षेत्रमा विकासको लहर चलाएको छ । यसको श्रेय स्थानीय सरकारको नेतृत्वदीय व्यक्तिहरु र ठेकेदार समेतलाई दिन कन्जुस्याई गर्न हुँदैन ।

देशैभरी यसरी इमान्दारीता पूर्वक जनप्रतिनिधिहरु जनताप्रति जवाहदेही बन्ने हो भने समृद्ध नेपाल अवश्य बन्नेछ । सुनकोसी गा.पा. ले गरेका विकास निर्माणका कामहरु अन्य गाउँपालिकाका लागि पनि सवक बन्नेमा कुनै शंका छैन ।