सम्शेर क्षेत्री,

सिन्धुपाल्चोक – गुणस्तरहीन निर्माण कार्य गर्ने धेरै निर्माण व्यवसायीहरु कालो सूचीमा पर्ने गरेका छन् । केही समय अघि पप्पु कन्स्ट्रकसन यस्तै कार्य गरेर कालो सूचीमा परेको थियो । राजधानी काठमाडौं भित्रैका पुलहरु निर्माणका गुणस्तरहीन कार्य गरेर सो कन्स्ट्रक्सनले बद्नामी कमाएको थियो । यो त एउटा उदाहरण मात्र हो । हरेक निर्माण व्यवसायीहरुले यस्तै मात्र काम गर्छन् भन्न खोजिएको होइन । निर्माणमा कमसल काम गर्ने रोग अहिले फैलिएर राजधानी बाहिर समेत पुगेको छ । तराईदेखि पहाडी दुर्गम क्षेत्रमा समेत ठेकेदारहरुले गुणस्तरहीन निर्माण कार्य गरेर भौतिक संरचनाहरुको विल्लीबाठ गरिरहेका छन् । यस्तै घट्ना सिन्धुपाल्चोकमा घटित भएको छ । 

सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका ९ बलेफीमा खेको मोटरपुल निर्माण कार्यमा पनि यस्तै गुणस्तरहीन काम भइरहेको पाइएको छ । निर्माण कार्यमा काम गरिरहेका कामदारले पलम ढलालमा ढुँगाको मात्रा धेरै राखेको भेटिएको छ । कामदारले बद्मासी गरेको पाइएपछि त्यसको फोटो खिचेर जनसमुदाय बीच सार्वजानिक गर्न खोज्दा कामदारले आफ्नै शरीरमा लगाएको कपडा खोलेर फोटोग्राफर माथि खनिने प्रयास गरे । आफ्ना कर्तुतहरु बाहिरे भएपछि यस्तो गरिएको बुझ्न सजिलो छ । तस्विर लिन खोज्नेलाई गाली बेइजती गर्नु र अवरोध गर्नुले  सूचनाको हकको विषयलाई समेत धज्जी उडाएको छ । 

बबरमहल स्थित सडक विभागले बलेफीले पुल जिर्ण भएकाले मर्मत गर्न ठेकेदार मार्फत काम सुरु गरिएको हो । तर ठेकेदारले नै गुणस्तरहीन काम गर्न कामदारलाई लगाएको हो वा कामदारले आफै यस्तो गरेको हो बुझ्ने क्रम अझै जारी छ ।